सेयर बजार सिक्ने र सिकाउने थलो

सेयर बजार सिक्ने र सिकाउने थलो यो सेयर बजारसँग सम्बन्धित विभिन्न कुराहरू सिक्ने र सिकाउने ठाउँ हो ।

10/10/2024

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै .....

10/10/2024
10/10/2024

भाग २ सार्वजनिक भएको छ । इ बुकमामात्र । thuprai.comबाट यहाँको प्रति सुरक्षित गर्न सक्नु हुन्छ । धन्यवाद ।🙏💐⏰

20/08/2024

भोलिको ओपनिङ सिजनमा कुन कुन कम्पनी उठाउँदा ठिक होला‌‌ ?

सबै भन्दा बढी कमाउनेमा अपर तामाकोसि हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरण अनुसार कुन देखियो सबैभन्दा सबल ? काठमाडौं : सू...
15/08/2024

सबै भन्दा बढी कमाउनेमा अपर तामाकोसि

हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरण अनुसार कुन देखियो सबैभन्दा सबल ?



काठमाडौं : सूचीकृत ३४ वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार समग्रमा ती कम्पनीहरुको नोक्सानी व्यहोरेका छन् । यद्दपि, अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी मात्रै २ अर्ब ६८ करोड रुपैयाँ रहेकाले यिनीहरु समग्रमा घाटामा देखिएका हुन् ।

प्रायः अपरले अरेक त्रैमासमा घाटा खाएको रिपोर्ट सार्वजनि गर्ने गरेको देखिएको छ । कर्जाको ब्याज धेरै पर्न जाँदा कम्पनी घाटामा जाने गरेको छ । रिपोर्ट अनुसार सबै भन्दा धेरै आम्दानी गरेर पनि बढी घाटामा खाने कम्पनीमा अपर तामाकोशी देखिएको छ । यसले २ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । जबकि कम्पनीले ८ अर्ब ७५ करोड रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको देखिन्छ । पुँजी धेरै हुँदा यसको आम्दानी पनि धेरै नै देखिएको हो । यद्यपि, आम्दानी र खर्चको हिसाब हेर्दा यसको घाटा पनि धेरै छ ।

चुक्ता पुँजी पनि अपर तामाकोशीकै धेरै छ । यसको २१ अर्ब १८ करोड रुपैयाँ बराबरको चक्ता पुँजी रहेको छ । दोस्रोमा, चिलिमेको ७ अर्ब ९८ करोड ३९ लाख, मध्य भोटेकोशीको ६ अर्ब, अरुण हाइड्रोपावरको ३ अर्ब ७३ करोड रुपैयाँको पुँजी रहेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको चुक्ता पुँजी सबैभन्दा कम १२ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ ।

सबैभन्दा धेर जगेडा कोष चिलिमे हाइड्रोपावरको रहेको छ । यसको उक्त कोषमा २ अर्ब ८० करोड जम्मा छ । त्यस्तै, साहस उर्चाको २ अर्ब ५६ करोड रुपैयाँको जगेडा कोष ्रहेको छ ।

यता, अपर तामाकोशीको रिटेन्ड अर्निङ ९ अर्ब १३ करोड (सेयर प्रिमियलाई जोडिएको) ऋणात्मक छ । त्यस्तै, मोदी इनर्जीको पनि रेटिन्ड अर्निङ १ अर्ब ३ करोड ऋणात्मक छ । जम्मा २० वटा कम्पनीको जगेडा कोष ऋणात्मक छ ।

यता, सबैभन्दा धेरै आम्दानी गर्नेमा अपर तामाकोशी अगाडि देखिएको छ । यसले विद्युत बिक्रीबाट ८ अर्ब ७५ करोड आम्दानी गरेको छ । दोस्रोमा, साहस उर्जाले २ अर्ब ४४ करोडको व्यापार गरेको छ । चिलिमेले १ अर्ब १२ करोडको आम्दानी गरेको सेयर स्क्रिनिङ सफ्टवेयर स्मार्ट वेल्थ प्रोले जनाएको छ । यता, मध्य भोटेकोशीले भने हालसम्म विद्युत उत्पादन गरेको छैन ।

सबैभन्दा धेरै नाफा कमाउनेमा चिलिमे हाइड्रोपावर अगाडि छ । यसले ६५ करोड २९ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । दोस्रोमा, साहस उर्जाले ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

रिपोर्ट सार्वजनिक गर्ने कम्पनीहरु मध्ये १७ नाफामा छन् । यता, रु रु जलविद्युतको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । यसको उक्त आम्दानी १४.९३ रुपैयाँ छ । कुथेलीको १२.९३, साहसको ११.८९ रुपैयाँ इपीएस रहेको छ ।

source Nepali paisa

15/08/2024

यो कुरा सबैजनाले बुझिराख्नु है।
हुन त धेरै जनालाई जानकारी भएकै हुन सक्छ यो सामान्य कुरा भएकोले तर सेयर बजारमा यो विषयले रोल खेलेको हुन्छ।

Address

Cheongju

Website

Alerts

Be the first to know and let us send you an email when सेयर बजार सिक्ने र सिकाउने थलो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category