21/06/2026
आज मिति २०८३ असार ७ गते यस श्री महादेवी आ.वि पौवादुङमा ५ , भोजपुर को भवन वर्षातको पानीले गर्दा उच्च जोखिममा भएको कारणले उक्त ठाउँमा मेसिनरी वाल लगाउनका निम्ति उपस्थित सम्पूर्ण सेवा क्षेत्रभित्रका अभिभावकहरुमा विद्यालयको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्दछौं। साथै यस विद्यालयमा अध्ययन गर्नुभएको पौवादुङ्मा ५ शिरशिरे निवासी हाल कर्मथलो दक्षिण कोरिया मा रहनुहुने पूर्व विद्यार्थी सबिनकुमार राईले रु १५ हजार श्रमदाता अभिभावकहरुलाई खाजा व्यवस्थापनको लागि सहयोग गर्नुभएकोमा उहाँलाई पनि हार्दिक धन्यवाद प्रकट गर्दछौं।
महादेवी आ.वि परिवार