Laligurash Construction And Consultant

Laligurash Construction And Consultant ||Civil Engineer|| Entrepreneur || निर्माण व्यवसायी ||सेयर लगानिकर्ता || Real estate investor||Career Advisor||��

🔱 भगवान विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🙏✨श्रम, सीप र सिर्जनाका देवताभगवान विश्वकर्माले सबैको जीवनमासुख, शान्ति, समृद...
17/09/2026

🔱 भगवान विश्वकर्मा पूजाको हार्दिक शुभकामना 🙏✨
श्रम, सीप र सिर्जनाका देवता
भगवान विश्वकर्माले सबैको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। 🌸🛠️

🙏 जय विश्वकर्मा भगवान! 🙏
✨ विश्वकर्मा पूजा मंगलमय होस्।🙏❤️

14/09/2026

🏗️ हाम्रा सेवाहरू

लालिगुराँस कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा. लि. निर्माण तथा परामर्श सेवामा गुणस्तर, पारदर्शिता र व्यावसायिकतालाई प्राथमिकता दिँदै विभिन्न निर्माण तथा प्राविधिक सेवाहरू प्रदान गर्दै आएको संस्था हो।

🔹 निर्माण सेवा

* भवन निर्माण तथा मर्मत–सम्भार
* सडक निर्माण तथा स्तरोन्नति
* ग्रामीण तथा शहरी सडक निर्माण
* ढल, नाली तथा Drainage निर्माण
* पुल, कल्भर्ट तथा अन्य संरचना निर्माण
* विद्यालय, कार्यालय तथा सार्वजनिक भवन निर्माण
* RCC तथा Masonry सम्बन्धी निर्माण कार्य
* Fencing तथा अन्य Civil Works

🔹 इन्जिनियरिङ तथा परामर्श सेवा

* Survey तथा Topographical Survey
* भवन तथा संरचनाको Design
* Road तथा Infrastructure Design
* Cost Estimate तथा Rate Analysis
* DPR तथा Project Report तयारी
* BOQ तथा Tender Document तयारी
* निर्माण कार्यको Supervision तथा Monitoring
* Measurement, Billing तथा Quantity Calculation
* Project Planning तथा Construction Management
* प्राविधिक तथा निर्माण सम्बन्धी परामर्श सेवा

🔹 ठेक्का तथा परियोजना व्यवस्थापन

* सरकारी तथा निजी निर्माण परियोजना सञ्चालन
* Tender/Contract सम्बन्धी प्राविधिक सहयोग
* कार्ययोजना तथा समय व्यवस्थापन
* गुणस्तर नियन्त्रण तथा Site Management
* निर्माण सामग्री तथा उपकरण व्यवस्थापन

हाम्रो प्रतिबद्धता:
गुणस्तरीय निर्माण • समयमै सम्पन्नता • पारदर्शिता • व्यावसायिक प्राविधिक सेवा

🌹 हार्दिक बधाई तथा शुभकामना! 🌹श्याम राजा लाईलालिगुराँस कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा. लि. मा ट्याक्टर चालक पदमा न...
12/09/2026

🌹 हार्दिक बधाई तथा शुभकामना! 🌹

श्याम राजा लाई
लालिगुराँस कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा. लि. मा ट्याक्टर चालक पदमा नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना। 💐

🙏 जय श्री हनुमान जी ❤️🙏🚩
लालिगुराँस परिवार🙏

04/09/2026

ल हाम्रो अफिस तयार हुदै छ है । शुभ प्रभात ❤️🙏

विपत्तिमा ठूलो होइन, सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। 🙏हामीले आफ्नो तर्फबाट सकेको सहयोग गरेका छौँ। हजुरहरूले पनि आफूले ...
28/08/2026

विपत्तिमा ठूलो होइन, सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। 🙏

हामीले आफ्नो तर्फबाट सकेको सहयोग गरेका छौँ। हजुरहरूले पनि आफूले सक्ने सहयोग गरौँ।

सहयोग रकमले होइन, मनले ठूलो हुन्छ। ❤️
सक्नेले सहयोग गरौँ, नसक्नेले यो सन्देश फैलाऔँ। 🇳🇵
श्री पशुपतिनाथले हामि सबैको रक्षा गरुन्।🙏❤️

07/07/2026

लगभग अन्त्य तिर छौँ । 😊

Be Alert!
29/06/2026

Be Alert!

27/06/2026

सुचना !सुचना !सूचना !
दमगाडेदेखि वडा कार्यालय सडक, नीलकण्ठ नगरपालिका–१२, धादिङको सडक स्तरोन्नति कार्य" (बोलपत्र आह्वान नं.: RDNKT/082/83-09-05) अन्तर्गत प्रिमिक्स (Premix) गर्ने कार्य सुरु हुन लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

निर्माण कार्यको गुणस्तर कायम राख्न तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न मिति २०८३/०३/१४ देखि २०८३/०३/२४ सम्म उक्त सडक खण्डमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा सम्पूर्ण सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ।

निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न स्थानीयवासी, सरोकारवाला निकाय तथा आम सर्वसाधारणबाट आवश्यक सहयोग, समन्वय तथा सहकार्यको अपेक्षा गरिएको छ। साथै, सम्बन्धित निकायहरूलाई आवश्यक सूचना प्रकाशन तथा आवश्यक समन्वय गरिदिनुहुन अनुरोध गर्दछौं।

निर्माण कार्य सञ्चालनका क्रममा अस्थायी रूपमा सडक बन्द हुँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति लालीगुँरास कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा.लि. हार्दिक क्षमायाचना व्यक्त गर्दछ।

लालीगुँरास कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा.लि.

14/06/2026

Project at jwalamukhi is nearing to completion

13/05/2026

देउराली काउलेडाँडा सडक निर्माण कार्य अन्तर्गत प्रिमिक्स कार्य अब 2083 जेष्ठ 1 बाट सुरु हुन लागेकाले केही समय सडक आवतजावत प्रभावित हुन सक्नेछ। त्यसैले सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा वैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।
लालीगुराँस कन्स्ट्रक्सन एन्ड कन्सल्ट्यान्ट प्रा. लि.

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Laligurash Construction And Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laligurash Construction And Consultant:

Shortcuts

Share