Yogendra Jung Ayadi

Yogendra Jung Ayadi योगेन्द्र जङ्ग अयडी

बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं ०७ मालाकोट निवासी ४५ बर्षिया रङ्गी देवी मुहारको क्यान्सर रोगका कारण यही मिति २०८...
08/03/2025

बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं ०७ मालाकोट निवासी ४५ बर्षिया रङ्गी देवी मुहारको क्यान्सर रोगका कारण यही मिति २०८१ साल फागुन महिनाको २० गतेका दिन मृत्यु भएको छ । विपन्न परिवारकी मिजारले ज्याला मजदुरी गरेर तीन वटा छोरा र एक छोरीलाई पालन पोषण गर्दै आई रहेकी थिइन् । उहाँको मृत्यु भए पछि विशेष गरी तिन वटा छोराहरुको विचल्लीमा परेका छन्। आर्थिक अभावका कारण उहाँले दैनिक ज्यालादारी मजदुर गरेर पनि आफ्नो र परिवारको गुजारा चलाउनै समस्या आईरहेको थियो। मिजारको ज्याला मजदूरी गरेर सके जति परिवारको छोराछोरीलाई विद्यालय पठाउने र पालनपोषण गर्ने गरेकी थिइन तर अहिले उहाँको निधन पछि उहाँको परिवारलाई थप संकट परेको छ । स्थानीय बासिन्दाहरुले बालबालिकाको भविष्यको बारेमा चिन्ता व्यक्त गरेका छन् । यस कठिन परिस्थितिमा स्थानिय सरकार वडा सरकार तथा सहयोगी हातहरु बाट राहतको आवश्यकता रहेको स्थानियहरुको भनाई छ । म मेरो फेसबुक पेजमा जोडीनु भएका स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमा बुबा दाजु भाई दिदि बहिनी विभीन्न संघ संस्थामा एवम् विभिन्न सेवामा काम गर्नु हुने सर मिस पत्रकार राष्ट्र सेवक कर्मचारी साथै अग्रज व्यक्तित्व प्रति उहाँको परिवारको लागि केही राहतको अपेक्षा गर्दै सहयोगको अपिल गर्दछु 🙏🙏 साथै मृतक परिवार प्रति ईश्वरले धर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै मृतक रंङ्गी देवी मिजारको आत्माको चीर शान्तिको कामना गर्दछु🙏🙏

Address

Godawari Municipality In
Dhangadhi
YOGEN@321

Website

Alerts

Be the first to know and let us send you an email when Yogendra Jung Ayadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category