इन्द्रेणी साँस्कृतिक क्लब याँलिखाम,धनकुटा

  • Home
  • Nepal
  • Dhankuta
  • इन्द्रेणी साँस्कृतिक क्लब याँलिखाम,धनकुटा

इन्द्रेणी साँस्कृतिक क्लब याँलिखाम,धनकुटा याँलिखामको कला,संस्कृति र मौलिक पहिचान जोगाउँदै युवा,संस्कार र सिर्जनालाई जोड्ने इन्द्रेणी साँस्कृतिक क्लब।

03/04/2026

सूचना!
यसैद्वारा सम्पूर्ण स्थानीयवासी, सरोकारवाला तथा इन्द्रेणी सांस्कृतिक क्लबसँग सम्बन्धित महानुभावहरूमा जानकारी गराइन्छ कि इन्द्रेणी सांस्कृतिक क्लबको भवनमा आवश्यक मर्मत तथा सुधार कार्य गरिने भएको छ।उक्त मर्मत कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि आज मिति २० गते, दिनको १२:०० बजेदेखि श्रमदान कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत भवनको मर्मत, सरसफाइ तथा आवश्यक संरचनात्मक सुधारका कार्यहरू गरिनेछन्।
समुदायको साझा सम्पत्ति संरक्षण तथा विकासका लागि सबैको सहभागिता अत्यन्त आवश्यक हुने भएकाले, सम्पूर्णमा आ–आफ्नो समय मिलाई उपस्थित भई श्रमदान कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन हार्दिक अनुरोध छ।

29/03/2026

सडक मर्मत सम्बन्धि सूचना ।
यही चैत १७ गते बिहान १२:०० बजेबाट मादेनको एक्लेबरदेखि याङ्लिखामसम्मको सडक वर्षातका कारण क्षति पुगेको हुँदा कोलेसो कटान सहित मर्मत कार्य गरिने जानकारी गराइन्छ। यस महत्वपूर्ण कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण याङ्लिखामबासीहरूलाई उक्त मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई श्रमदान गर्न हार्दिक अनुरोध गरिन्छ।

संरचनात्मक सुधारपछि क्लब भवन ।
28/03/2026

संरचनात्मक सुधारपछि क्लब भवन ।

21/03/2026

चौबिसे–२, मुढेबस निवासी तथा राजारानी रारा फुटबल क्लबका उपाध्यक्ष, स्थानीय बुद्धिजीवी,समाजसेवी एवं सहयोगी अमृत मगरज्यूले याङ्लिखाम FC लाई जर्सी खरिदको लागि रु. २५,०००।- ( अक्षरेपी पच्चिस हजार मात्र।) सहयोग प्रदान गर्नु भएको छ।स्थानीय खेलकुदको विकास र युवाहरूलाई प्रोत्साहन गर्न उहाँले देखाउनु भएको यो योगदान साँच्चिकै प्रशंसनीय छ।अमृत मगरज्यूलाई हार्दिक धन्यवाद तथा आगामी दिनहरूमा अझ सफलताको शुभकामना।

14/02/2026

सूचना। सूचना। सूचना।

यस इन्द्रेणी सांस्कृतिक क्लबमा आवद्ध भएका सम्पूर्ण घरधुरीहरूमा आज साँझ यसै क्लबको भवन निर्माणको लागि आवश्यक छलफल गर्नुपर्ने भएकोले यसै सूचनालाई आधारमानी उपस्थित हुन सम्पूर्णमा अनुरोध छ।

समय: साँझ ७ बजे
स्थान: इन्द्रेणी सांस्कृतिक क्लब भवन।

हाम्रो ठाउँ,हाम्रो जिम्मेवारी,स्थानीयको सरसफाई कार्यक्रम।
04/02/2026

हाम्रो ठाउँ,हाम्रो जिम्मेवारी,स्थानीयको सरसफाई कार्यक्रम।

29/01/2026

इन्द्रेणी साँस्कृतिक क्लब याँलिखाम,धनकुटाको page मार्फत क्लबका गतिविधि,कार्यक्रम तथा सूचनाहरू प्रकाशन गरिनेछ।यस Page लाई follow गरी निरन्तर साथ दिनुहुन सम्पूर्णमा अनुरोध छ। धन्यवाद!

Address

Khuwaphok
Dhankuta
56800

Website

Alerts

Be the first to know and let us send you an email when इन्द्रेणी साँस्कृतिक क्लब याँलिखाम,धनकुटा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category