14/04/2023
सम्पूर्ण मा शुभ बिहानी ।
नव-बर्षको २०८० सालको शुभकामना 🙏🙏
Happy New Year भन्दैमा खुशी कहाँ मिल्छ र साथीहरु बर्ष पो बदलिएको हो दुःख र जिन्दगी त अझै उस्तै छ नि 😊
सपनाहरु सजाउने मात्र फेरिन्छन
बर्ष सकिन्छ अनि पात्रो फेरिन्छन!
नया केहि आउला भो नसोच्नुस
लक्ष्य उही केवल यात्रा फेरिन्छन !
आज नया बर्षको पहिलो दिन कुनै कारणबस अघिल्लो बर्षमा हजुरहरुको चित्त दुखाएको रहेछु भने माफी पाउ।आजदेखी हाम्रो सम्बन्धमा अझ धेरै सुमधुर भाव होस।
नया बर्षको शुभकामना !!!
०७९सालमा जे जस्तो भएनी २०८० साल सफलताले चुमोस मनका सम्पुर्ण इच्छा अनि सपना र मनमनै सोचेका कल्पना पनि बिपनामै परिवर्तन गर्न सक्ने क्षमता प्राप्त होस।कसैप्रतिको अटुट बिश्वासमा दाग नदेखियोस,नियतले दिएको पीडा सङ खुलेर हास्न सक्ने वातावरण सृजना होस ।ओइलिएका कयौ रहरहरु बसन्त ऋतुको आगमन सगै रहरका पालुवाहरु पुन पलाउदै जाउन
मनै आनन्द गराएर मनै लोभ्याऊने रङ्गीबिरङ्गी जताततै नयाँ पालुवा र न्याऊली कोईली अनि अनेक थरी चराचुरुङ्गीहरुको सुमधुर आवाज अनि प्राकृतिक सौन्दर्यताले भरिपुर्ण बसन्त ऋतु को आगमन सङ्ग सङ्गै नयाँ बर्ष २०८० साललाई स्वागत गर्दै २०७९ बिदाई ,
संसार भरि छरिएर रहनु भएका सम्पुर्ण नेपाली बुबाआमा,दाजुभाई,दिदीबहिनीहरु तथा सम्पुर्ण नेपालीहरुमा नयाँ बर्षको धेरै धेरै शुभकामना, सु-स्वाथ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना🙏अपुरा कार्यहरु पूरा हुन,त्यो मुहारमा झल्किएको मुस्कानमा कहिल्यै बादल नलागोस, नयाँ बर्षको हार्दिक मङ्लमय शुभकामना 🙏,🙏