निर्दोष अर्जुन

निर्दोष अर्जुन cheating is a choice not a mistake.

29/04/2025

म सागर थिएँ - अथाह, अठोटले भरिएको, गहिराइले बोल्न नसक्ने। तर तिमी सधैं तिनै साना नदीहरू खोज्न व्यस्त भयौ, जसले आफूलाई सागर ठान्थे, तर थाह थिएन, सागरभन्दा गहिरो माया मैले सँगालेर राखेको थिएँ।

म चन्द्रमा थिएँ - आकाशको एक्लो उज्यालो, तिमीलाई रातको अँध्यारोमा बाटो देखाउने। तर तिमी सधैं ताराहरूलाई पछ्यायौ, जसको चमक क्षणिक थियो, जसले केवल क्षणभरि उज्यालो दिन्थे, तर कहिल्यै तिमीलाई घरसम्म पुर्याउन सक्दैनथे।

म तिमीलाई पूर्णता दिन चाहन्थें, तर तिमी अधूरोपनको सौन्दर्यमा हरायौ। म प्रतीक्षा थिएँ, तिमी बिस्मृति। म समर्पण थिएँ, तिमी यात्रा। म गन्तव्य थिएँ, तिमी बाटो।

आज पनि, म उही सागर हुँ, गहिरो र निस्तब्ध। आज पनि, म उही चन्द्रमा हुँ, एक्लो र धिपधिपाएको।

तर तिमी ?

तिमी त अझै आफ्ना नदीहरू र ताराहरू पछ्याइरहेकी छौ

नभन्दै हराइरहेकी छौ...।


🌹🌹🌹🌹🌹गजल🌹🌹🌹🌹🌹आज भोलि तिम्रो यादले सताउछ घरीघरी,बिगतका पल मध्यरातमा पठाउछ घरीघरी!!बुढीआमा बालबच्चा प्यारी तिम्रै झल्कोले,...
28/09/2018

🌹🌹🌹🌹🌹गजल🌹🌹🌹🌹🌹

आज भोलि तिम्रो यादले सताउछ घरीघरी,
बिगतका पल मध्यरातमा पठाउछ घरीघरी!!

बुढीआमा बालबच्चा प्यारी तिम्रै झल्कोले,
परदेशमा एक्लो आभास गराउछ घरीघरी!!

खुशी खोज्न सातसमुन्द्र तर्नुपर्छ बाध्यतामा,
अरबको तापक्रमले ज्यान गलाउछ घरीघरी!!

मेसिन जस्तै खट्नु पर्ने भोकप्यास भन्नू छैन,
यहाँ कैयौं दाजुभाईको रगत बगाउछ घरीघरी!!

पैसाको लोभ अचम्मको ज्यान समेत लिन्छ,
आफ्नै साथी भाइले पनि फसाउछ घरीघरी!!

निर्दोष अरनिर्दोष अर्जुनिअर्जुन निर्दोष
२०७५-०५-१६

10/08/2018

तिम्रो अनुहारको असाध्यै मानहानी भएको छ,
कति सम्हालु यो मन मान्दैन अज्ञानी भएको छ!!

कहाँ छ कति छ तिम्रो मायाको दायरा नसोध्नु,
यादहरुको लगानी अक्सर आम्दानी भएको छ!!

भुल्नै नसक्ने ती तिम्रा नसालु नजरका तिरहरु,
जिन्दगी त यादहरुको भरपुर खानि भएको छ!!

नसोध्नु कसैले उ संग छुट्नु परे के होला भनेर,
साच्चै आजभोलि उ आँखाको नानी भएको छ!!

दिल तोडेर पाइला मोडेर गयौ भने पराईको घर,
सुन्ने छौ तिमिले निर्दोष जलेर खरानी भएको छ!!

निर्दोष अर्जुन
कपिलवस्तु
२०७५-०४-२५

05/08/2018

हाम्रो देशमा भ्रष्टहरुको मुल खोलियो!!
सत्यको मुख सुनको बिर्कोले छोपियो!!

भारत पस्यो देश बेच्यो जनतालाई आश,
कठै देशको सिमाहरुको मुल्य तोकियो!!

हुदैन आफ्नो कोहि आफ्नै छाया बाहेक,
जिन्दगिको हरेक पिणा प्यारमा भोगियो!

राजनीतिक स्थिरता बढ्यो सारै देशमा,
देशको निम्ति जिउछु अब लक्ष्य रोजियो!!

निर्दोष अर्जुन

01/08/2018

मलाई कहिलै आमाको गाली गाली लाग्दैन,
दुखमा दुश्मनले चुटेको ताली ताली लाग्दैन!!

प्रेमिका छैन मेरो बा-आमा लाई नै सजाउछु,
बा-आमा बसेको दिल खाली खाली लाग्दैन!!

कहिले काहीँ ससुरालीमा ठट्टा रमाईलो गर्ने,
भिनाजु संग नजिस्किने साली साली लाग्दैन!!

एक बिश्वासले खटायो उसैको भरपुर आशले,
बगैचाको वास्ता नै नगर्ने माली माली लाग्दैन!!

कुलको इज्जत राख्ने र घर सम्मान बढाउने,
प्यारी लाग्छ त्यो मलाई काली काली लाग्दैन!!

निर्दोष अर्जुन
कपिलवस्तु
२०७५-०४-१६

30/07/2018
30/07/2018

🌹🌹🌹🌹गजल🌹🌹🌹🌹

मानप्रतिष्ठा र ईमानदारीता अपमानमा सकिन्छ,
जिवनको यात्रा र जिम्मेवारी चिहानमा सकिन्छ!!

जिवन्त गर्यौ दुष्कर्म हरेक कदममा रगत बगायौ,
नसोच पाप अहंकारको हिसाब दानमा सकिन्छ!!

सहिदको सपना संगै देश बिकासका समस्याहरु,
आशाका रंगहरु मात्र त्यही संविधानमा सकिन्छ!!

चुनाबको बेला प्यारो पछि भासण मात्र आउने,
देशभक्ति त राजनेताको राष्ट्रियगानमा सकिन्छ!!

सतिले सरापेको देश भन्नुमा कुनै फरक नलाग्ला,
अचेल प्रेमीको सच्चा प्यार ओछ्यानमा सकिन्छ!!

निर्दोष अर्जुन
कपिलवस्तु
२०७५-०४-१३

Address

Kapilvastu

Telephone

+9779806913216

Website

Alerts

Be the first to know and let us send you an email when निर्दोष अर्जुन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निर्दोष अर्जुन:

Share