NEPSE Power

NEPSE Power � Powering Your Investments
� NEPSE Updates & Analysis
� Trade Smart, Grow Smart

31/05/2026

29/05/2026

09/03/2026

मार्केट halt भनेर जताततै सुन्नुभयो होला आज,
यस्तो दिन सधै आउन्न कहिलेकाहीँ त बर्षौ नआउन पनीसक्छ।
यस्को नियम यस्तो हो है
नेप्से (NEPSE) सर्किट ब्रेकर सीमा।
Nepal Stock Exchange का अनुसार:
• ४% परिवर्तन: यदि कारोबार सुरु भएको पहिलो घण्टा (१२:०० बज्नुअघि) भित्र ४% उतारचढाव भयो भने २० मिनेटका लागि कारोबार रोकिन्छ।
• ५% परिवर्तन: बजारमा ५% उतारचढाव भएमा ४० मिनेटका लागि कारोबार रोकिन्छ।
• ६% परिवर्तन: यदि बजार ६% ले तलमाथि भयो भने त्यस दिनको बाँकी समयका लागि बजार बन्द गरिन्छ।

08/03/2026

बहुमत र दुई-तिहाइ भनेको के हो ? जानी राखौँ है ! 🇳🇵📚

(१) बहुमत (Simple Majority) भनेको के हो ?
कुल सांसद संख्याको ५०% भन्दा १ जना बढी भएमा बहुमत मानिन्छ।

संघीय प्रतिनिधि सभामा
• प्रत्यक्ष = १६५
• समानुपातिक = ११०
• कुल सांसद = २७५

➡️ बहुमत = १३८ जना वा सोभन्दा बढी

बहुमतले गर्न सक्ने कामहरू:
• सरकार गठन
• प्रधानमन्त्री चयन
• साधारण कानुन पास
• बजेट पारित

👉 छोटकरीमा, सरकार चलाउन बहुमत पर्याप्त हुन्छ।



(२) दुई-तिहाइ बहुमत (Two-Thirds Majority) भनेको के हो ?
कुल सांसद संख्याको २/३ (लगभग ६६.६%) समर्थनलाई दुई-तिहाइ बहुमत भनिन्छ।

प्रतिनिधि सभामा
२७५ × २/३ = १८३.३३

➡️ त्यसैले १८४ जना सांसद भएमा दुई-तिहाइ बहुमत हुन्छ।

दुई-तिहाइ बहुमतले गर्न सक्ने कामहरू:
• संविधान संशोधन
• संघीय संरचना वा प्रदेश सीमासम्बन्धी ठूलो निर्णय
• राज्यको शक्ति सन्तुलन बदल्ने कानुनी व्यवस्था

👉 छोटकरीमा,देशको संरचना नै बदल्न दुई-तिहाइ बहुमत आवश्यक पर्छ।

02/03/2026

Big Breaking: नेपाल धितोपत्र बोर्डले सेयर बजारमा 'इन्ट्राडे' तथा 'सर्ट सेलिङ' जस्ता व्यवस्था सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ |🤞🤞

28/02/2026

📢 IPO RESULT ALERT

⚡ Super Khudi Hydropower Ltd. को IPO बाँडफाँड
🗓️ भोलि बिहान ८:३० बजे हुने भएको छ।

👥 कुल आवेदन: 27,07,608 जना
🎯 शेयर पाउने: 1,28,650 जना मात्र
❌ 25,78,958 जना हात खाली

भाग्य कसको साथमा रहला?

Result आएपछि तुरुन्त update का लागि हाम्रो पेज follow गर्नुहोस् 🔔

28/02/2026

अब नेपालमा शेयर बजारमा एकै दिन किनबेच गर्ने र मूल्य घट्दा पनि नाफा कमाउने व्यवस्था ल्याउने तयारी भइरहेको छ।

28/02/2026

नेपालको शेयर बजारमा ‘इन्ट्राडे’ (Intraday Trading) र ‘सर्ट सेलिङ’ (Short Selling) जस्ता नयाँ कारोबार प्रणाली सुरु गर्ने तयारी भइरहेको छ।

१. इन्ट्राडे ट्रेडिङ (Intraday)
एउटै दिनभित्र शेयर किन्नु र बेच्नु।
बिहान किनेको शेयर बेलुका बजार बन्द हुनुअघि नै बेच्नुपर्छ।
सानो मूल्य परिवर्तनबाट पनि नाफा कमाउने उद्देश्य।

२. सर्ट सेलिङ (Short Selling)
आफूसँग नभएको शेयर पहिले बेच्ने।
पछि मूल्य घटेपछि सस्तोमा किनेेर फिर्ता दिने।
मूल्य घट्दा पनि नाफा कमाउन सकिने प्रणाली।
Nepal Life Insurance Company Limited
Nepalkhabar
OnlineKhabar

Address

Lalitpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEPSE Power posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category