Being Stock Investor

Being Stock Investor Stay Updated about Stock Market.

27/02/2025

Update: Sindhupalchok center bhayera 6.1 ko earthquake gayeko ho.


18/09/2023

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड भोली हुदै, कति जनाले पाउलान सेयर ?

ऋण लिन ‘क्रेडिट स्कोरिङ’ अनिवार्य, आजैबाट ‘हिस्ट्री’ बलियो बनाउनुस्!मंगलबार, साउन ९, २०८०काठमाडौं। कुनै व्यापार–व्यवसाय ...
25/07/2023

ऋण लिन ‘क्रेडिट स्कोरिङ’ अनिवार्य, आजैबाट ‘हिस्ट्री’ बलियो बनाउनुस्!
मंगलबार, साउन ९, २०८०
काठमाडौं। कुनै व्यापार–व्यवसाय वा व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने सोचमा हुनुहुन्छ? भविष्यमा बैंकको ऋणी हुने सोच्दै हुनुहुन्छ भने अहिलेदेखि नै तयारी गर्नुपर्ने हुन्छ।

भविष्यमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन अहिलेदेखि नै आफ्नो ‘क्रेडिट हिस्ट्री’ राम्रो बनाउनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गर्न लागेको छ।

भविष्यमा बैंक तथा वित्तीय संस्थाको ऋणी हुन अहिलेदेखि नै सरकारी भुक्तानी (खानेपानी, बिजुली, राजस्व, टेलिफोन, आयकरलगायत) सरकारी जरिवाना (विलम्ब शुल्क, ट्राफिक जरिवाना) समयमै गरेको र पुराना ऋणीले समेत बैंकमा समयमै साँवा–ब्याज भुक्तानी गरेको हुनुपर्ने छ।

बाँडफाँट सम्पन्न भएको छ।लघुवित्तको आईपीओ आज बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।...
12/03/2023

बाँडफाँट सम्पन्न भएको छ।

लघुवित्तको आईपीओ आज बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन दिएका थिए ।

आत्मनिर्भर लघुवित्तको आईपीओ आज बाँडफाँट सम्पन्न भएको छ। live nepse , ipo result , live nepse , ipo result nepal , cds mero share,cds login,cdsc ,aarthik

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको छ।लघुवित्तको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलक...
10/03/2023

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको छ।

लघुवित्तको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन । जुन मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन हो ।

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको छ। आत्मनिर्भर लघुवित्त live nepse , ipo result , live nepse , ipo result nepal , cds mero share,cds login,cdsc

07/03/2023

मंगलबार साँझ ५ बजेसम्म कम्पनीको आईपियोमा १५ लाख ३२ हजार ९ सय ७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। जुन सर्वसाधारणलाई निष्कासन गरेको भन्दा १७३ दशमलव २८ गुणा बढी आवेदन हो। हालको आवेदन हेर्दा जम्मा ० दशमलभ ५२ प्रतिसत आवेदकले १० कित्ताका दरले सेयर हात पर्ने देखिन्छ।

07/03/2023
07/03/2023

कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २२ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८३८.५२ रुपैयाँ कायम गरेको हो ।

07/03/2023

लगानी शिक्षा : नेट वर्थ भनेको के हो ? लगानी गर्दा नेट वर्थको प्रयोग कसरि गर्ने ?

जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो ।

नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, नेट वर्थ भनेको तपाईको स्वामित्वमा रहेको सबै सम्पत्तिको मूल्य थपेर र त्यसबाट सबै दायित्वहरू अर्थात् खर्चहरू घटाएपछि निस्कने रकम हो। सम्पत्ति भन्नाले तपाईको स्वामित्वमा आउने वा तपाईको स्वामित्वमा आउने चीजहरू सम्पत्ति हुन्। जस्तै घर, गाडी, गहना, घरायसी सामान, बैंक ब्यालेन्स आदि। दायित्व भनेको तपाईंले तिर्नु पर्ने रकम जस्तै बिल, ईएमआई, ऋण आदि हुन् ।

सेयर बजारमा नेट वर्थको प्रयोग :

धेरै लगानीकर्ताहरूले कम्पनीहरू नेट वर्थको आधारमा मूल्याङ्कन गर्छन्, यसले उनीहरूलाई कम्पनीको वित्तीय अवस्थाहरू बुझ्न र सम्भावित लगानीका अवसरहरू पहिचान गर्न मद्दत गर्दछ। उच्च नेटवर्थले कम्पनीको राम्रो वित्तीय बल र क्रेडिट स्कोरको बारेमा बताउँछ। त्यस्तै, न्यून वा ऋणात्मक नेटवर्थले कमजोर आर्थिक अवस्था र कम क्रेडिट स्कोरलाई जनाउँछ। प्राय जसो बढी नेट वर्थ भएको कम्पनीनै लगानीकर्ताको रोजाइमा हुन्छ।

कसरि प्रयोग गर्ने :

लगानी गर्नु अघि कम्पनीले प्रकासन गरेको वित्तिय विवरण हेर्नु पर्दछ। नेपालको हकमा कम्पनीको ताजा वित्तिय विवरणमा कम्पनीको प्रतिशेयर नेट वर्थ १०० भन्दा कम भएको अवस्थामा कम्पनीमा लगानी गर्नु जोखिम छ भनेर बुझ्नु पर्दछ भने १०० भन्दा जति धेरै नेट वर्थ भयो भने त्यस्तो कम्पनी लगानीको बढी सुरक्षित छ भन्ने बुझ्नु पर्छ।

नेट वर्थ कसरि गणना हुन्छ ?

कुनै संस्थाको स्वामित्वमा रहेका सबै सम्पत्तिहरू जोडेर र त्यसपछि तिनीहरूको दायित्व घटाएर नेट वर्थ गणना गर्न सकिन्छ। सम्पत्तिमा नगद, लगानी, घर जग्गा समावेश हुन सक्छ। दायित्वहरूमा धितो, ऋण, क्रेडिट कार्ड ऋण, र अन्य वित्तीय दायित्वहरू समावेश हुन सक्छन्।

POV-Nepse
07/03/2023

POV-Nepse

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Being Stock Investor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category