sher bahadur

sher bahadur if you respects other's they will definitely respect you ❤️

04/04/2026

मेरो स्पष्ट माग र सुझाव सरकार संग ।
विश्वव्यापी ऊर्जा संकटका कारण इन्धनको मूल्य बढिरहेको यस अवस्थामा धेरै देशहरूले आफ्ना नागरिकलाई राहत दिन कर कटौती गरेका छन्।
अस्ट्रेलिया, भारत, इटाली, स्पेन र भियतनामजस्ता देशहरूले कर घटाएर जनताको बोझ कम गर्ने स्पष्ट कदम चालेका छन्। नेपालमा भने पेट्रोलमा करिब ६२ रुपैयाँ र डिजेलमा करिब ४३ रुपैयाँ कर यथावत् रहेको छ। महँगीले दैनिक जीवन प्रभावित भइरहेको बेला इन्धन मूल्य बढ्नुको प्रत्यक्ष असर यातायात, खाद्यान्न र आधारभूत खर्चमा परेको छ।
राजस्व संकलन राज्यको आवश्यकता हो, तर नागरिकको जीवन सहज बनाउनु पनि उत्तिकै महत्वपूर्ण दायित्व हो। यही सन्तुलन कायम गर्नु अहिलेको मुख्य आवश्यकता हो।
त्यसैले, इन्धनमा लगाइएका करहरूको पुनरावलोकन गरी यथासम्भव घटाइयोस्। मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्।
समयमै उचित निर्णय लिइएमा जनतामा राहतको अनुभूति हुने विश्वास लिइएको छु ।

जानकारीका लागि कुन कुन देशले के के गरे हेरौँ।
अस्ट्रेलिया: इन्धनमा लाग्ने अन्तःशुल्क (Fuel Excise Duty) लाई ५० प्रतिशतले कटौती गरी प्रति लिटर २६.३ सेन्ट कायम गरिएको छ ।

​भारत: पेट्रोल र डिजेल दुवैमा प्रति लिटर १० भारतीय रुपैयाँले अन्तःशुल्क कटौती गरिएको छ ।

​इटाली: पेट्रोल र डिजेलको अन्तःशुल्कमा ३० प्रतिशत (प्रति लिटर २० युरो सेन्ट) कटौती गरिएको छ ।

​स्पेन: पेट्रोलियम पदार्थमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) लाई २१ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।

​भियतनाम: इन्धनमा लाग्ने वातावरणीय करलाई ५० प्रतिशतले कटौती गरिएको छ र अप्रिल महिनाभरका लागि आयात महसुल पूर्ण रूपमा खारेज गरिएको छ ।

​पोल्याण्ड: इन्धनमा लाग्ने भ्याटलाई २३ प्रतिशतबाट घटाएर ८ प्रतिशत कायम गरिएको छ र अन्तःशुल्कमा समेत कटौती गरिएको छ ।

​थाइल्याण्ड: खाना पकाउने ग्यास (LPG) को मूल्यमा सीमा (Price Cap) तोकिएको छ र डिजेलमा प्रति लिटर करिब १९.८६ भाटसम्म अनुदान दिइएको छ ।

​जर्जिया (अमेरिका): ६० दिनका लागि ३३ सेन्ट प्रति ग्यालन ग्यास कर र ३७ सेन्ट डिजेल कर पूर्ण रूपमा निलम्बन गरिएको छ ।
​पाकिस्तान: न्यून आय भएका मोटरसाइकल र रिक्सा चालकका लागि डिजिटल प्रणालीमार्फत सहुलियतपूर्ण इन्धन योजना ल्याइएको छ ।

​ओन्टारियो (क्यानाडा): ग्यास कर ५.७ सेन्ट र डिजेल कर ५.३ सेन्ट प्रति लिटरले कटौती गरिएको छ ।

​पोर्चुगल: डिजेल अन्तःशुल्कमा २१ प्रतिशत (७.६ युरो सेन्ट प्रति लिटर) कटौती गरिएको छ ।

20/01/2026
१७०००को ट्याग खत्तम
06/11/2025

१७०००को ट्याग खत्तम

लक्ष्मी कहाँ गयौ तिमि 😶😒?
21/10/2025

लक्ष्मी कहाँ गयौ तिमि 😶😒?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when sher bahadur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category