09/09/2024
जिगज्याग करेक्सन सहितको चौथो वेभ (Wave 4 as a Zigzag Correction)
यस परिदृश्यमा, अहिले भइरहेको करेक्सनले जिगज्याग प्याटर्न अनुशरण गर्न सक्छ। जिगज्याग करेक्सनमा ए, बी र सी (A-B-C) गरी तीन चरण हुन्छन्, जहाँ ए र सी (A and C) सामान्यतया एकै दिशामा अघि बढ्छन् र बराबर हुने गर्छन् । यदि यो प्यार्टन अनुसार करेक्सन भएमा नेप्से केही तल झर्न सक्छ। सम्भवतः २६८० देखि २६०० को पहिलो सपोर्ट जोन सम्म झर्न सक्छ। जुन अहिलेको विन्दुबाट एकदमै नजिकको सूचक हो।
यस्तो करेक्सनलाई सम्भावित लगानी गर्ने मौकाको रुपमा पनि हेरिनु पर्छ। जब बजारमा करेक्सन हुन्छ, यसले प्रायः अर्को इम्पल्सिभ वेभका लागि आधार तयार पार्दछ, जुन यो अवस्थामा पाँचौ वेभ (5th Wave), एक बलियो बुलिश चरण हुन सक्छ। हाल बजारमा विभिन्न माध्यबाट वेस सी (Wave C) को नाममा आतंक फैलाउने र लगानीकर्तालाई त्रसित बनाउने कार्य भएको देखिन्छ। तर एलियट वेभ थ्योरी अनुसार हालको चौथो वेभ अन्तर्गतको करेक्टिभ फेज अन्तिम चरणमा रहेको र यस भित्रको इन्टर्नल संरचना ए र बी पूर्ण भई सी वेभको पनि अन्तिम चरणमा आइपुगिसकेको अवस्था छ। यस प्रकारको अवस्थालाई एउटा लगानी गर्ने मौकाको रुपमा हेरिनुपर्नेमा तथाकथित विज्ञहरुले वेभ सी आतंक फैलाई लगानीकर्ताको माझ भ्रम सिर्जना गरिरहेको देखिन्छ । यस्तो आतंकबाट क्रसित हुर्न पर्ने कुनै कारण देखिदैन ।