बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समिति

  • Home
  • Nepal
  • Kathmandu
  • बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समिति

बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समिति 

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समिति

, Real Estate, budhanilkantha, Kathmandu.

23/03/2026

सूचना !! सूचना !! सूचना !!

भोलि मिति २०८२ चैत्र १० गते मङ्गलबार बिहान १०:३० बजे पछि खत्रीगाउँ स्थित शिव मन्दिर क्षेत्रमा पाइप जडान कार्य सुरु हुने साथै दिनको समयमा पिच बाटो काट्नुपर्ने ठाउँमा पिच कटिङ कार्य हुने जानकारी गराइन्छ।
साथै, मिति २०८२ साल चैत्र ११ गते बुधबार शिव मन्दिर हुँदै मच्काल तर्फ पाइप जडान कार्य सुरु हुने साथै हाउस फिटिङ को कार्य पनि गरिने छ। बिहान १०:३० बजे देखि बेलुका ५:३० बजेसम्म निर्माण कार्यको कारण सवारी आवागमन असुविधा हुने र यस समयमा खत्रीगाउँ स्थित बाटो पूर्ण रूपमा बन्द हुने जानकारी गराइन्छ। कृपया आफ्ना सवारी साधनहरूका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी व्यक्त गर्दछौ ।
इच्छुक ग्राहकहरूले धारा जडान गर्नको लागि दिइएको सम्पर्कबाट फारम लिइ भरि बुझाउन अनुरोध पनि गरिन्छ।

श्री बुढानीलकण्ठ बृहत् खानेपानी उपभोक्ता समिति ।

सूचना! सूचना! सूचना!!धारा जडान सम्बन्धमा :यस श्री बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समितिको आयोजनामा यस क्षेत्रभित्र धा...
17/03/2026

सूचना! सूचना! सूचना!!

धारा जडान सम्बन्धमा :
यस श्री बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समितिको आयोजनामा यस क्षेत्रभित्र धारा जडान सञ्चालन हुन गइरहेको सर्वसाधारण उपभोक्ताहरूमा जानकारी गराइन्छ,
तल दिएको विवरण अनुसार सम्पर्क गर्नु होला।

सूचना: सूचना:सूचनायस बुढानीलकण्ठ नगरपालिका वडा नं. ६  विष्णुमती पुलदेखि ए.ए. फिल्म स्टुडियोसम्म खानेपानी पाइप जडान कार्य...
24/02/2026

सूचना: सूचना:सूचना

यस बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ विष्णुमती पुलदेखि ए.ए. फिल्म स्टुडियोसम्म खानेपानी पाइप जडान कार्य भइरहेको कारणले मिति २०८२/११/१३ देखि २०८२/११/१७ गतेसम्म उक्त सडक खण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी गराइन्छ।
यस अवधिमा सो क्षेत्रमा चल्ने माइक्रो बसहरू ए.ए. फिल्म स्टुडियोबाट सञ्चालन हुने व्यवस्था गरिएको छ। यसबाट पर्न सक्ने असुविधाप्रति क्षमाप्रार्थी हुँदै सम्पूर्ण सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिन्छ।

श्री बुढानीलकण्ठ बृहत् खानेपानी उपभोक्ता समिति ।

सूचनामिति: २०८२ माघ १८आजको मिति खत्री गाउँ शिव मन्दिर  ओरालोमा पाइपलाइन निर्माण कार्यको कारण सवारी आवागमन असुविधा हुने र...
01/02/2026

सूचना

मिति: २०८२ माघ १८
आजको मिति खत्री गाउँ शिव मन्दिर ओरालोमा पाइपलाइन निर्माण कार्यको कारण सवारी आवागमन असुविधा हुने र यसद्वारा पूर्ण रूपमा बाटो बन्द हुने जानकारी गराइन्छ। कृपया आफ्ना सवारी साधनहरूका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ।
श्री बुढानिलकण्ठ बृहद् खानेपानी उपभोक्ता समिति ।

पुनःसूचनामिति: २०८२ माघ ११आजको मितिदेखि श्री नगर गेटदेखि खत्री गाउँ शिव मन्दिरतर्फ पाइपलाइन निर्माण कार्य सुरु भएको जानक...
25/01/2026

पुनःसूचना
मिति: २०८२ माघ ११
आजको मितिदेखि श्री नगर गेटदेखि खत्री गाउँ शिव मन्दिरतर्फ पाइपलाइन निर्माण कार्य सुरु भएको जानकारी गराइन्छ। उक्त निर्माण कार्यका कारण सवारी आवागमनमा असुविधा हुन सक्ने भएकाले कृपया आफ्ना सवारी साधनहरूका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ।
श्री बुढानिलकण्ठ बृहद् खानेपानी उपभोक्ता समिति।

Address

Budhanilkantha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बुढानीलकण्ठ बृहत खानेपानी उपभोक्ता समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category