सचेत नागरिक

सचेत नागरिक 👉️ भ्रष्टाचारी लाई बहिष्कार गरौ, बास्तबिक सुकुमवासी लाई उचित ब्यवस्थापन गरौ, हुकुमवासी लाई पत्ता साप गरौ, बालेन सरकारलाई सहयोग गरौ, 🇳🇵🙏

22/07/2026

भारतिय विमानहरु ले विराटनगर क्षेत्र मा नेपाली भुमिमाथी को रुट प्रयोग गरिरहेको छ। सरकारले यस बिषयमा जानकार छ कि छैन। यस अधि सो रुट बाट उडान हुने गरेको थिएन।

14/07/2026

#सचेतनागरिक #सहिकुरा
#तितोसत्य

इतिहासमै पहिलो पटक यस्तो दुर्लभ संयोग ! फिफा वरियता (FIFA Ranking) को Top 4 मा रहेका टोलीहरू नै यस पटक FIFA World Cup 20...
12/07/2026

इतिहासमै पहिलो पटक यस्तो दुर्लभ संयोग !

फिफा वरियता (FIFA Ranking) को Top 4 मा रहेका टोलीहरू नै यस पटक FIFA World Cup 2026 को सेमिफाइनल (अन्तिम ४) मा पुग्न सफल भएका छन्!
🇫🇷 फ्रान्स (वरियता: १)
🇦🇷 अर्जेन्टिना (वरियता: २)
🇪🇸 स्पेन (वरियता: ३)
🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 इङ्गल्याण्ड (वरियता: ४)

अब भन्नुहोस्, यसपालिको विश्वकप ट्रफी कसले उचाल्ला ? 🏆⚽

#𝐟𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥𝐥𝐨𝐯𝐞𝐫𝐬

03/07/2026

कुरामा दम छ

03/07/2026

कुरा सहि हो

प्रधानमन्त्री  बालेनले रास्वपाको चितवन महाधिवेशनमा आज गरेको संबोधनको पूर्णपाठ-पार्टीका सभापति रवि लामिछाने ज्यू, विशेष अ...
21/06/2026

प्रधानमन्त्री बालेनले रास्वपाको चितवन महाधिवेशनमा आज गरेको संबोधनको पूर्णपाठ-

पार्टीका सभापति रवि लामिछाने ज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्व प्रधानमन्त्री ज्यू, प्रमुख प्रतिपक्षीय दलका सभापति ज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगणहरू, सांसद ज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी, राष्ट्रिय स्वतन्त्र पार्टी प्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु ।
कुरा कताबाट सुरु गरौँ त? आज खासमा चाहिँ यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने, हाम्रो पार्टी जुन एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दाखेरि यो पार्टी, यो आन्दोलनको रूपमा भएको पार्टी, भावनाको रूपमा भएको पार्टीलाई संस्थागत गर्ने, स्थापित गर्ने दिनमा आउँदाखेरि हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ।

एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नु भन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन र हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर भएको छ ।

त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु । चिन्ता लिनु राम्रो कुरा हो । जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको हो ।

खोला एकचोटी सिधा बाटो, आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ । यो हावा जस्तो कहिले लेफ्ट, राइट, उत्तर, दक्षिण, पूर्व, पश्चिम बग्दैन । त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला ।

मेरो एकजना अनन्य मित्र, उहाँ अहिले हुनुहुन्न, उहाँले सधैँ भन्नुहुन्थ्यो मलाई मैले म्युजिक गर्दाखेरि— बालेन, स्पटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पटलाइटलाई मेन्टेन गर्न गाह्रो हुन्छ सधैँ ।

त्यस्तै चिन्ता आज यहाँ हाम्रा आदरणीय नेतागणले पनि लिनुभएको छ । त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, दुई तिहाइ आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ । तर यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने, हामीले स्पटलाइटमा हामीलाई ल्याएको होइन, जनतालाई ल्याएको हो । र जनता सधैँ स्पटलाइटमा थियो, स्पटलाइटमा छ, स्पटलाइटमै रहन्छ । हामीले दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन । हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन, हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ, त्यही भएर यो जनता सधैँ अगाडि नै रहन्छ ।

आज पार्टीको विषयमा विशेषगरी कुरा राख्नुपर्छ भनेरै, हाम्रो पार्टीको चिन्तन कस्तो हो? लेफ्ट हो, राइट हो, सेन्टर हो? धेरै चिन्ता लिइराख्नु पर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने, काम गर्ने पार्टी हो । हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने, पुरानो पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । निहुँ खोज्नुपर्यो भने अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ । कस्तो केसमा मात्रै भन्दाखेरि— विगतका केही दिनमा, विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निर निहुँ खोज्न जरुरी हुन्छ, त्यहाँ निहुँ खोज्छौँ हामी ।

त्यो निहुँ खोज्दै गर्दाखेरि अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी ५ घण्टा मात्रै होइन, ५ वर्ष गर्छौँ । ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ, त्यसमा चिन्ता लिइराख्नु पर्दैन । हामीले नियम कानुन मिच्दैनौँ, नियममा बसेरै काम गर्छौँ, नियम भन्दा बाहिर जाँदैनौँ । हाउभाउ हेर्दाखेरि यस्तो सोसल मिडियाहरू, मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो । सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन । चिन्ता कुनै विषयमा लिनु पर्दैन ।

सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो । सीमाको। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ । आपत्ति जनाउनुभयो, मलाई अचम्म लाग्यो । ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ । हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ । हामी हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ । त्यो कुरा गरिएको हो, यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रीयताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन ।

र विशेषगरी पार्टीको कुरा गर्दाखेरि, पार्टीको महादेशन चल्दैछ— आज, भोलि, पर्सि । भोलि चुनाव होला । यो पार्टीको महाधिवेशनमा पहिलेदेखि एउटा हाम्रो संस्कार चाहिँ कता कता बिग्रिएको थियो पहिला— गुट बनाउने, उपगुट बनाउने । एउटा कुरा तपाईँहरूलाई, यहाँ हुनुहुन्छ होला महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ होला, यहाँ केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होला, पदाधिकारी उठ्छु भनेर बस्नुभएका व्यक्तिहरू हुनुहुन्छ होलास तपाईँहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन ।

त्यही भएर समूह बनाउने पछाडि नलाग्नुहोला । त्यस्तो बीउ अहिले नै नरोप्नु कि त्यो बीउ भोलि रुख बनेर बीचबाट फाड्नु परोस् । त्यही भएर यस्तो बीउ रोप्ने काम, यस्तो रुख पलाउने कामहरू हामी चाहिँ नगरौँ, हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ ।

र एउटा कुरा के भन्न चाहन्छु भने, हामी नयाँ पार्टी हौँ, नयाँ सोचले गर्दा । हामीले हरेक चुनावमा गएर एउटै एजेन्डा बोकेर जाने— सुशासन ल्याउँछु भन्या छ, सुशासनको लागि एजेन्डा बोक्या छ, सुकुम्बासी समस्या हटाउँछु भन्या छ— हामीले यही कार्यकालमा सुकुम्बासी समस्या समाधान गर्छौँ, यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ, अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।

र भोलि, पर्सि हुने चुनाव भयो अथवा केही भयो, चुनावमा कसैलाई सीसीएम बन्न मन लाग्छ, कसैलाई पदाधिकारी । बन्नुभयो ठिकै छ, बन्नुभएन भने पनि चिन्ता किन लिनु पर्दैन भन्दाखेरि हाम्रो गठबन्धनको सरकार होइन, हाम्रो एकल पार्टी सरकार हो । र एकल पार्टीको सरकार हुँदा के बुझ्नुपर्छ भन्दा— हरेक मन्त्री प्रधानमन्त्री हो, हरेक सांसद प्रधानमन्त्री हो, हरेक पदाधिकारी प्रधानमन्त्री हो, हरेक सीसीएम प्रधानमन्त्री हो, हरेक कार्यकर्ता प्रधानमन्त्री हो, हरेक आस्था राख्ने मान्छे प्रधानमन्त्री हो ।

भोलि तपाईँले सीसीएम जित्नुभएन, ुम सीसीएम भएको भए यो गर्थेँु भन्ने छ भने आउनुस् भन्नुस्, पार्टीलाई भन्नुस् । भोलि तपाईँ सांसद हुन सक्नुभएको छैन, ुम सांसद भएको भए यो काम गर्थेँु भनेर लिएर आउनुस् । तपाईँलाई जे जे गर्न मन लाग्छ यो पार्टीले गर्छ, यो सरकारले गर्छ र हाम्रो पार्टीका पदाधिकारीहरूलाई सरकार र पदाधिकारीहरू, सीसीएमहरू विभिन्न जिल्लाबाट आउनुभएका छन् उहाँहरूसँग कनेक्ट भएर, उहाँहरू र सरकार एउटै हो भन्ने उहाँहरूलाई चाहिँ अनुभूति गराउन अझै पनि उहाँहरूलाई अनुरोध गर्न चाहन्छु ।

अझै बोलौँ? के गरौँ? ठिकै छ । अब नबोलौँ भन्दा बोल्ने दिन आइहाल्छ भन्या जस्तै, ठिकै छ अब अर्को यो पछाडिको मन्तव्य हाम्रो सभापति ज्यूको रहेको नै छ । र एउटा कुरा फेरि अन्तिममा के भन्न चाहन्छु तपाईँहरूलाई भन्दाखेरि— पार्टी चाहिँ एकै ठाउँमा राख्ने कुरा हो, पार्टीलाई एक बनाउनुपर्छ । आज, भोलि, पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि ५ वर्ष देशको बारेमा सोचौँ । धेरै धेरै धन्यवाद ।

21/06/2026

सम्माननिय प्रधानमन्त्री ज्यु को सम्बोधन #रास्वपा अधिबेशन चितवन

खुकुरी देखाएर युवती तर्साउने केटा नख्खु कारागारबाट भागेको कैदी  रहेको खुल्न आएको छ। उ एमालेको सक्रिय  कार्यक्रता  रैछ।
17/06/2026

खुकुरी देखाएर युवती तर्साउने केटा नख्खु कारागारबाट भागेको कैदी रहेको खुल्न आएको छ। उ एमालेको सक्रिय कार्यक्रता रैछ।

देउवा दम्पति साउन २८ गतेभित्र नेपाल फर्कने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी प...
17/06/2026

देउवा दम्पति साउन २८ गतेभित्र नेपाल फर्कने

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्।
#सचेतनागरिकखबर

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सचेत नागरिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category