16/09/2025
यस्मा, ट्राफिक ईन्जिनियरीङ्ग अर्थात सडक सुरक्षामा प्रयोग गर्नु पर्ने सम्पूर्ण प्रविधि (सडकमा ट्राफिक लाईट र बत्ति, सिसि क्यामरा, कन्भेक्स ग्लास, लाईन मार्किङ, जेब्रा क्रसिङ, हजार्ड मार्किंङ, ट्राफिक साईन बोर्ड आदि), सडक सुरक्षा सचेतना जगाउने, सडकको साधारण मर्मत समेतको जिम्मा बजेट सहित ट्राफिक/नेपाल प्रहरीलाई दिई ट्राफिक प्रहरीलाई थप जिम्मेवार बनाउने वा ट्राफिक प्रहरीको समन्वयमा सम्बन्धित निकायले तत्कालै कार्य सम्पन्न गर्नु पर्ने बाध्यकारी नियम बनाई कडाईका साथ लागू गर्नु पर्ने भन्ने थप्नु मन थियो । सडकमा खाल्डो छ, महिनौं पुरिंदैन । ट्राफिक लाईट र बत्ति छ, बल्दैन । अव्यवस्थित तार यत्रतत्र छन् कसैले मिलाउंदैनन् ।अण्डरग्राउण्ड भए पछि ठिक हुन्छ भन्छन्, टण्टै साफ । उल्लेखित स-साना सुधारले नागरिकको दैनिक जीवन सहज हुन्छ तर सानो तिनो बजेट खर्च गरेर कामै देखिंदैन र त्यो पनि आउंदैन !!! हरेक क्षेत्रमा मानसिकता/Mind set मा नै परिवर्तनको खाँचो छ ।
धेरै विषय उत्थान गर्ने मन र अवसर थियो तर समयाभावले अधूरै रह्यो । Better Luck Next Time.