01/03/2024
समाजमा केही यस्ता मनोरोगिहरु हुन्छन् जस्लाई आफ्नै जिन्दगि पनि दिक्क लाग्छ, वाक्क लाग्छ,कुकुरको भन्दा पनि सक्किएको झै लाग्छ, पत्तुर लाग्छ अनि अरुको रुप गेटअप र बाहिरि नजरमा नजरअन्दाज गरि गालि गलौजमा उत्रिहाल्छन्र।
#प्रसङ्ग हिजोको खेलमा यी नानिले पेनाल्टि गोल गर्न नसक्नु र नेपालले खेल हार्नु।
जब खेल नेपालले हार्यो तब केही मान्छेहरुले यिन्लाई नराम्रो कमेन्ट गरिरहेको देखे। आखिर गालि किन? बिश्वका नँ १ खेलाडि मेस्सि, रोनाल्डो, एमबाप्पे जस्ता अरु थुप्रै खेलाडिहरुले पेनाल्टि मिस गरेका छैनन र? उनिहरुको देशले दोस्रोमा चित्त बुझाउनु परेको छैन र? खेलमा एक जित अर्कोका हार त हुन्छ नै तर कुनै एकलाई लक्षित गालि किन? म त भन्छु आफ्नै खर्चले चना अण्डा खाएर नेपालि खेलाडिले यो लेभलको खेल खेल्नु कुनै जित भन्दा कम छैन। तेसैले कुनै खेलाडिलाई गालि गर्नु अघि पहिला आफू त्यो लेभलको बन्नु अन बोल्नु। बरु प्रोत्साहन दिनु, हौसला दिनु र गल्ति सुधार्नु मौका दिनु। तेसैले फेरि भन्छु गालि गर्न बन्द गर #मु* हरु
बोनस: अर्जेन्टिना vs चिलिको अमेरिकि कपमा मेस्सिले पेनाल्टि सुट आउट फ्रेम बाहिर हान्दा तिनै मेस्सिका पुत्ला जलाउनेहरु पछि तेहि अमेरिकि कप र वल्डकप जिताएपछि तिनै मेस्सिका फोटो बेडरुममा राखेर सम्मान गर्नेहरु, पुजा गर्नेहरु छन्। 2014 मा एम्बाप्पेले पेनाल्टि मिस गर्दा फ्रान्सले हारेको थियो भने 2018 मा तिनै एम्बापेले वल्डकप जिताए। आज गालि गर्नेहरुको मन्द बुद्दिले भोलि यिनै नानिलाई मेरि चेलि भन्दै चाहिँ नआउन। चेलि दिवालिमा हो त्यो भन्दा पहिला उनी नेपाल देशको महिला फुटबल टिमको रास्ट्रिय खेलाडि हुन।