24/06/2022
कर्णालीका ९ जिल्लाका सराेकारवालाहरूलाइ भूमि आयोगद्वारा तालिम
सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा सर्भेक्षक तथा अमिनहरुकालागि २ दिने तामिल सम्पन्न गरियो । जेठ ३० र ३१ गतेदेखि संचालन गरिएको तालिमको उद्घाटन राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौलाले गनुभएको थियो ।
तालिममा सुर्खेत जिल्लाका अमिन, सर्भेक्षक तथा कर्णाली प्रदेशका रुकुमपश्चिम बाहेक नौ वटै जिल्लाका रा.भू.आ. का अध्यक्ष, सदस्य र सदस्य सचिवहरुको सहभागिता रहेको थियो । तालिममा आगामी दिनममा भूमि आयोगले जग्गा उपलब्ध गराउँदा अघि बढाउनुपर्ने प्रकृयाबारे जानकारी दिइएको थियो ।
जग्गा नापजाँच अघि बढाइने
पञ्चपुरी नगरपालिकामा राष्ट्रिय भूमि आयोग सुर्खेतको आयोजनामा सर्भेक्षक तथा अमिनहरुकालागि १ दिने तामिल सम्पन्न -प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य र सहजीकरण समितिका सदस्यहरुलाई जग्गा नापजाँच सम्बन्धी तालिम दिइएको थियो ।
त्यसैगरि सोही तालिम बराहताल गाउँपालिकामा पनि १ दिने जग्गा नापजाँच सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सम्पन्न गरिएको रा.भु. आ. सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला तथा चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोध विक्रम जि.सी.बिच सो गाउँपालिकामा रा.भू.आ.ले काम अघि बढाउन आपसि सम्झौता भएको छ ।
रा.भू.आ. सुर्खेतका अध्यक्ष श्रीधर पौडेल, प्रमुख नापी अधिकृत जनकराज भट्ट तथा गाउँपालिका प्रमुख प्राशासकीय अधिकृत जनकराज हमालसमेतको त्यस अवसरमा उपस्थिति रहेको थियो ।
लालपुर्जा लागू गर्ने अन्याैल हट्याे
गत चैत २५ गते वितरण गरिएकाे जग्गाधनी प्रमाण पत्र (लाजपुर्जा) तत्काल लागू नभएपछि सिर्जना भएकाे अन्याैल हटेकाे छ । यहि असार १ गतेका दिन गुर्भाकाेट नगरपालिकामा रा.भू.आ. का अध्यक्ष केशब निराैलासहितकाे टाेलीले पुर्जा मालपाेत कार्यालय मेहलकुनाबाट लागू गर्ने कुरामा आपसी बैठक बसी छलफल गरी टुङ्गाेमा पुर्याएकाे छ।
गुर्भाकाेट न.पा.का प्रमुख हस्त पुनकाे अध्यक्षता तथा आयाेगका अध्यक्ष निराैलाकाे प्रमुख आतिथ्यतामा उपप्रमुख मैना वि.क., मालपाेत कार्यालय मेहलकुनाका प्रमुख बिमल आचार्य, नापी प्रमुख साेम प्रसाद गाैतम, रा.भू.आ. ,पाैडेल, रा.भू.आ. सदस्य सचिव राजेन्द्र थापा र गुर्भाकाेट सेवा केन्द्र प्रमुख चित्र ढकालकाे उपस्थितिमा भएकाे बैठकले रा.भू. आ. सुर्खेतले वितरण गरेका लालपुर्जाहरू असार २ गतेदेखि नै लागू गर्ने बचन मालपाेत प्रमुख आचार्यले दिनुभयाे ।
पुर्जा लागू गर्ने सहमति असार १ गतेदेखि भएपछि अब पुर्जा पाउने व्यक्तिहरूले जग्गा धिताे राख्न, किनबेच गर्न , अंशबन्डा गर्न पाउने भएका हुन् ।