सरस्वती मा बि चरकमटिया बबई दाङ

  • Home
  • Nepal
  • Tulsipur
  • सरस्वती मा बि चरकमटिया बबई दाङ

सरस्वती मा बि चरकमटिया बबई दाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सरस्वती मा बि चरकमटिया बबई दाङ, Real Estate, बबई , दाङ, Tulsipur.

बिदाइ,सम्मान,स्वागत अनि शुभकामना एकै साथ
09/10/2026

बिदाइ,सम्मान,स्वागत अनि शुभकामना एकै साथ

pmt form भर्ने म्याद थप भएको सुचना।मार्ग महिनाको 19 गते सम्म
06/10/2026

pmt form भर्ने म्याद थप भएको सुचना।मार्ग महिनाको 19 गते सम्म

24/09/2026

आज र भोलि विद्यालय बन्द
सम्पूर्ण अभिभावक ज्यूहरु,विद्यार्थीहरु,शिक्षक मित्रहरुमा नमस्कार, शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौंको मिति २०८३।०६।०७ गतेको सार्वजनिक सूचना तथा आह्वान अवगत गरी सोही बमोजिम मिति २०८३।०६। ०८ र ०९ गते सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी विद्यालय बन्द गर्नु गराउनुहुन निर्देशानुसार अनुरोध छ । साथै उच्च सतर्कता अपनाउनुहुन समेत अनुरोध छ । हाम्रो बिद्यलय पनि खोलानालाको जोखिम र भवन जोखिमपूर्ण भएकोले आज र भोलि 8 र 9 गते स्थानीय विदा बा्टकट्टि हुने गरि विद्यालय बन्द भएको जानकारी गराइन्छ।

अत्यन्त जरुरी सूचना तथा हार्दिक अनुरोध! 🙏🌧️🚨​नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय दाङ र बबई गाउँपालिका, गा...
23/09/2026

अत्यन्त जरुरी सूचना तथा हार्दिक अनुरोध! 🙏🌧️🚨
​नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय दाङ र बबई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, हापुरे बाट जारी विपद् व्यवस्थापन सम्बन्धी जरुरी सूचना अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण मिति २०८३ असोज ९ गतेदेखि ११ गतेसम्म हाम्रो दाङ जिल्ला तथा बबई गाउँपालिका क्षेत्रमा हावाहुरी, चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
​यसका कारण पहाडी क्षेत्रमा पहिरो तथा बबई नदी र साना-ठूला खोलाहरूमा बाढी, डुबान र कटानको उच्च जोखिम रहेको छ।
​तसर्थ, श्री सरस्वती माध्यमिक विद्यालय चरकमटिया लगायत सम्पूर्ण विद्यालयका आदरणीय अभिभावक, विद्यार्थी भाइबहिनीहरू तथा शिक्षक/कर्मचारी ज्युहरूमा विद्यालय परिवारको तर्फबाट निम्न सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौँ:
१. अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने: मिति २०८३ असोज ९ देखि ११ गतेसम्म अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कनुहोस्।
२. यात्रा नगर्ने: उक्त अवधिमा टाढा तथा रातिको यात्रा नगर्नुहोस्।
३. जोखिमयुक्त क्षेत्रमा नजाने: पहिरोको जोखिम भएका ठाउँहरू, खोला, नदी किनार तथा कटान/डुबान हुने क्षेत्रतिर नजानुहोस्।
४. विशेष ध्यान दिने: बालबालिका, जेष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिहरूको विशेष हेरचाह गरौँ र उहाँहरूलाई सुरक्षित स्थानमा राखौँ।
५. सम्पर्कमा रहने: आपतकालीन अवस्था आएमा वा कुनै विपद् परेमा स्थानीय सुरक्षा निकाय, पालिका वा विपद् व्यवस्थापन समितिका सम्पर्क नम्बरहरूमा तुरुन्त सम्पर्क गरौँ।
​हामी सबै सजग बनौँ, सतर्कता अपनाऔँ र सुरक्षित रहौँ! 🙏
​- सरस्वती माध्यमिक विद्यालय परिवार, चरकमटिया, बबई, दाङ

14/09/2026

गर्ने कसरी ?

04/09/2026

विद्यालय स्तरीय "सरस्वती कप"को पदक र प्रथम पुरस्कार ग्रहण गर्दै विजयी खेलाडीहरू

शान्तिनगर गाउंपालिका वडा नं ५ कांशिपुर निवासी यस श्री सरस्वती माध्यमिक विद्यालयका विज्ञान शिक्षक लाल बहादुर कवर र विभिन्...
01/09/2026

शान्तिनगर गाउंपालिका वडा नं ५ कांशिपुर निवासी यस श्री सरस्वती माध्यमिक विद्यालयका विज्ञान शिक्षक लाल बहादुर कवर र विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल भुपेन्द्र कवर र विवेक कवरका पूजनिय पिता दल बहादुर कवरको ८३ वर्षको उमेरमा मिति २०८३/०५/१६ गते बेलुका करिब ५:१० बजेतिर उपचारको क्रममा काठमाण्डौं लैजाने क्रममा देहावसान भएको खबरले निकै मर्माहित र स्तब्ध बनाएको छ । यस दुखद घडीमा शोकाकूल परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनी भगवान पशुपतिनाथसंग प्रार्थना गर्दछु । साथै दिवङ्बत आत्म प्रति चिर शान्तिको कामना गर्दै वैकुन्ठमा बास हवस , भावपूर्ण श्रद्धान्जली ।

यो शैक्षिकसत्र 2083 मा कक्षा 6 र 9 मा यश विद्यालयबाट PMT (बिपन्न लक्षित छात्रवृत्ति ) प्राप्त गर्ने कुल विद्यार्थी संख्य...
30/08/2026

यो शैक्षिकसत्र 2083 मा कक्षा 6 र 9 मा यश विद्यालयबाट PMT (बिपन्न लक्षित छात्रवृत्ति ) प्राप्त गर्ने कुल विद्यार्थी संख्या 31 रहेको छ।जु रकम जनही 6000 का दरले सम्बन्धित विद्यार्थीको बैंक खातामा जम्मा हुनेछ।यसै गरि यो वर्ष कक्षा 7र 10 पढ्दै गरेका 9 जनाको खातामा जनही 6000 का दरले छात्रवृत्ति रकम जम्मा भइसकेको छ।

विव्यस सदस्य पदका लागि निवेदन आव्हान गरिएको छ।इच्छुक र योग्यता पुगेका अभिभावकले आवस्यक कागजात सहित विद्यालयमा उपस्थित भए...
07/08/2026

विव्यस सदस्य पदका लागि निवेदन आव्हान गरिएको छ।इच्छुक र योग्यता पुगेका अभिभावकले आवस्यक कागजात सहित विद्यालयमा उपस्थित भएर निवेदन दिनहुन अनुरोध छ।

श्री सरस्वती माध्यमिक विद्यालयको स्तर वृद्धि परिक्षाको केन्द्र सेन्टर मा वि तुल्सिपुरमा तोकिएको जानकारी गराउछु।
05/06/2026

श्री सरस्वती माध्यमिक विद्यालयको स्तर वृद्धि परिक्षाको केन्द्र सेन्टर मा वि तुल्सिपुरमा तोकिएको जानकारी गराउछु।

Address

बबई , दाङ
Tulsipur
तुल्सिपुर

Website

Alerts

Be the first to know and let us send you an email when सरस्वती मा बि चरकमटिया बबई दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category