31/07/2026
सरकारले केही नगरे, आलोचना l
काम गर्न खोजे, 'नाटक',
स्थलमै पुगे, 'प्रचार',
बैठक गरे, 'फोटोसेसन',
जानकारी दिए, 'ढिला',
नदिए, 'मौन।'
कति जोस्सिने?
कति भड्किने?
कति खेदो मात्रै खन्ने?
दाजु-भाइ लडेर हताहत भइरहँदा कति भने "फेरि हाम्रै पालो आउँछ" भन्दै मुख मिठ्याएर बसेका छन्। गरिबका छोराछोरिले ज्यान गुमाउँदा कसैका ओठमा भने बडो बिचित्रको मुस्कान छाएको छ।
देश संकटमा हुँदा सरकारलाई प्रश्न गरौँ, दबाब दिऔँ र आवश्यक सहयोग पनि गरौँ। हरेक घटनामा आफ्नै “राजनैतिक रोटी” सेक्न खोज्नुको सट्टा संयमित बनौँ र समाधानको पक्षमा उभिऔँ।
आलोचना गरौँ, तर अन्धविरोध होइन।
खबरदारी गरौँ, तर अफवाह होइन।
सरकारलाई सहयोग गरौँ, तर चाकडी होइन।