09/05/2024
यदि तपाई मुस्तांग जादै हुनुहुन्छ भने, मुस्तांग को यो सुन्दर टिटी ताल घुम्न नछुटाउनु होला। अहिले सम्म मोटर जाने पुल त बनेको छैन, तर झोलुङ्गे पुल बाट मोटर साइकल मा जान सक्नु हुन्छ। येहा जान तिन बाटोहरु छन्। पहिलो पोखराबाट जादा लेते खोला माथि डाडा बाट देब्रे मोड्नु होस् र छयो को पुल तरेर जानु होस् । दोश्रो कालोपानी काटेपछि धम्पु साँघु बाट अनि तेश्रो कोखे ठाटी को पुल तरेर जान सकिन्छ। छयो को पुल र कोखे ठाटी को पुल अलि असजिलो हुदा मोटर साइकल मा अलि गार्हो हुन सक्छ। साथै टिटी गाउ माथि को नुपसांग खर्क पनि जानुहोस, नुपसांग बाट धौलागिरी हिमाल आँखा अगाडी धेरै राम्रो देखिन्छ। with All Nepal Trekking Pvt Ltd