SSB satsanga

SSB satsanga Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SSB satsanga, Real Estate, Biswanath Chariali.

राधा-रमण
07/01/2025

राधा-रमण

07/01/2025
कुशीऔंसीका विषयमा संक्षिप्त चर्चा...............।।भाद्रकृष्ण  अमावास्यालाई कुशीऔंसी भनिन्छ। यस सम्बन्धमा  वचन छ-- ´´मासे...
02/09/2024

कुशीऔंसीका विषयमा संक्षिप्त चर्चा...............।।

भाद्रकृष्ण अमावास्यालाई कुशीऔंसी भनिन्छ। यस सम्बन्धमा वचन छ--
´´मासे नभस्यामावास्यां तस्यां दर्भाेच्चयाे मतः।
अयातयामास्ते दर्भाःसन्नियाेज्याः पुनःपुनः।। `` ´´ नभोमासस्य दर्शे तु शुचिर्दर्भान् समाहरेत्।
अयातयामास्ते दर्भा विनियोज्याः पुनः पुनः।।``
धर्मसि•सुधा-१४५
भाद्रमासका औंसीका दिन काटेकाे कुश एकवर्ष सम्म बासी हुँदैन, वारंवार प्रयाेग गर्न सकिन्छ। कुश काट्नुअघि तलका मन्त्रले प्रार्थना गरी कुश काट्नुपर्दछ।-- ´´ कुशाग्रे वसते रुद्रः कुशमध्ये च केशवः।
कुशमूले वसेद्ब्रह्मा कुशान् मे देहि मेदिनि।।``
´´विरञ्चिना सहाेत्पन्नः परमेष्ठिनिसर्गजः।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकराे भव।
एवं मन्त्रं समुच्चार्य ततः पूर्वाेत्तरामुखः।
हूंफट्कारेण मन्त्रेण सकृच्छित्त्वा समुद्धरेत्।।`` ध•सि•सुधा-१४५
यी मन्त्र पढेर पूर्वाेतर मुख भएर ´हूंफट् यो मन्त्र उच्चारण गर्दै एकपटक काटेर उखेल्नुपनि पर्दछ। किनकि धेरैजसो कार्यमा जरैसँगको कुशको प्रयोग गर्ने विधान छ। तर कुश थोरै हुने ठाँउमा कुश उखेलेर पुग्दैन , त्यसैले काट्नुपर्दछ। ´´
´´ स्नाने दाने जपे हाेमे स्वाध्याये पितृकर्मणि। करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।। `
अर्थात् कुशमा ब्रह्मा ,विष्णु र रुद्र तीनाेटै देवता बसेका हुँदा स्नान ,दान , जप ,हाेम , स्वाध्याय, श्राद्ध र सन्ध्या तर्पण आदि विभिन्न कर्म गर्दा कुश हातमा लिएर मात्र गर्नुपर्दछ । जसले गर्दा कर्ममा पवित्रता हुन्छ।
´´यथा वज्रं सुरेन्द्रस्य यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य तथा विप्रपवित्रकम्।।``
इन्द्रकाे वज्र ,विष्णुकाे चक्र र शिवकाे त्रिशूल जस्तै विप्रकाे पवित्र (कुश ) सुरक्षा गर्ने हतियार जस्तै हुन्छ।जसले प्रयाेग गर्नेलाई सुरक्षा दिन्छ। कुशकाे वर्गीकरण यसप्रकार छ। -- ´´कुशाः काशाः यवा दूर्वा उशीराश्च सकुन्दकाः।
गाेधूमा ब्रीहयाे मुञ्जा दश दर्भाः सबल्लजाः।।`` ध•सि•सुधा-१४५ कुश , काँस , जौ ,दुबाे , उशीर (खस) कन्दुक (एक किसिमकाे तृण विशेष) गहुँ , धान , मूँज , बल्लज अर्थात् बावियाे समेत गरी दशकिसिमका कुशजाति मानिएका छन् । ´´कुशाभावे तु काशाः स्युःकाशाःकुशसमाःस्मृताः। काशाभावे गृहीतव्या अन्ये दर्भा यथोचिताः।।`` ध•सि• सुधा-१४५ कुशको अभावमा काशलाई लिनुपर्दछ , किनकि काशलाई पनि कुशसमाना मानिएको छ।काशको पनि अभाव भएमा मात्र अरुदर्भहरू लिनुपर्दछ।
कुशकाे उत्पत्तिका सम्बन्धमा उपर्युक्त
´´ विरञ्चिना सहाेत्पन्नः... यस वचनद्वारा ब्रह्माजीका साथमा कुशकाे उत्पत्ति भएकाे हाे , भन्ने कुरा स्पष्ट हुन्छ।
अर्काे कुरा स्वस्थानी कथाका आधारमा जब जालन्धर दैत्यले लाेकमा उपद्रव , अत्याचार मच्चायाे, त्यसलाई नमारी अत्याचार शान्त नहुने भयाे। अनि भगवान् शङ्करजी जालन्धर सँग युद्ध गर्न लाग्नुभयाे ,तर उसकी पत्नी वृन्दा ज्यादै पतिव्रता भएकी हुँदा पतिव्रता धर्मका कारण उसलाई मार्न सक्नुभएन । अनि विष्णुले लाेककाे कल्याण गर्नका लागि जस्ताे सुकै सजाय भाेग्नुपरेपनि भाेग्छु , तर जालन्धरलाई नमारी भएन , त्यस कारण उसलाई मार्न छल गरी म वृन्दाकाे पतिव्रता धर्म नष्ट गराउँछु ,अनि तपाईँले जालन्धरलाई मार्न सक्नुुहुनेछ , भनी भगवान् शङ्कर सँग! सल्लाह गरी भगवान् विष्णुले जालन्धरकाे रूप धारणगरी वृन्दाकाे पतिव्रता धर्म नष्ट गरेपछि जालन्धरलाई शङ्करले मार्नुभयाे र लाेककाे कल्याण गर्नुभएको थियाे। पछि विष्णुले छल गरी मेराे सतीत्व नष्ट गरेछन् , भन्ने कुरा वृन्दाले थाहा पाएर - हे कपटी विष्णु तिमीले छल गरेर मेराे पतिव्रता धर्म नष्ट गरेछौ , त्यसकारण म पनि तिमीलाई श्राप दिन्छु सुन - तिमीले ढुङ्गाे हुनुपरोस् ,रूख हुनुपरोस् , र झार घाँस भएर रहनुपराेस् ,भनेर श्राप दिइन्। पतिव्रताकाे श्राप विष्णुलाई लागेर ढुङ्गाे हुनुपराेस् भनेकामा शालिग्राम , झार हुनुपराेस् भनेकामा तुलसी , रूख हुनुपराेस् भनेकामा पीपल र घाँस हुनुपराेस् ,भनेकाेमा कुशका रूपमा भगवान् विष्णु नै उत्पत्ति भएर रहनुभएकाे हाे , भनिएकाे छ।त्यस कारण विष्णुकाे रूप भएकाे हुँदा कुश पवित्र मानिएकाे हाे।
अर्काे कुरा भगवान्ले हिरण्याक्ष दैत्यलाई मारेर पृथिवीलाई उद्धार गर्न वराहकाे (बँदेलकाे) रूप लिई दैत्यलाई मारी पृथिवीकाे उद्धार गर्दा ठुलाे परिश्रम परेकाे हुँदा थकाइ लागेर समुद्रका किनारमा बालुवा माथि विश्राम गर्न सुत्नुभएछ । वराह भगवान् सुत्नुहुँदा उहाँका केश झरेर त्यसबाट कुशकाे उत्पत्ति भएकाे हाे भन्ने पनि पौराणिक उपाख्यानहरूमा पाइन्छ। यस्ता धेरै कथानकहरूबाट ब्रह्मा , विष्णु र रुद्र तीन देवता कुशमा रहनुभएकाे कुरा सिद्ध भएकाे हुँदा कुश पवित्र मानिएकाे र देवकार्य तथा पितृकर्यमा पनि कुशकाे आवश्यकता अपरिहार्य भएकाे

कुरा शास्त्रमा वर्णित छ। यस दिन पितृहरूलाई तर्पण तथा पिण्डदान समेत गर्दा पितृहरू मुक्ति हुने र छाेरा नातिहरूलाई यस लाेकमा सुख समृद्धि र परलाेकमा समेत पुण्यप्राप्ति हुने भएकाेले श्राद्ध तर्पण सिधादान गरी पितृकर्म गर्नुपर्दछ।बाबु हुनेले बाबुकाे मुख हेर्ने र बाबु नहुनेले तर्पण , पिण्डदानादि गरेर पितृलाई तृप्त गराउने शास्त्रानुकूल परम्परा पनि समाजमा चलिआएकाेछ। यसकारण आफ्नाे सुरक्षा कवचका रूपका कुशकाे संरक्षण गरी यसदिन पूजागरी काटेर राख्ता वर्षदिन सम्म बासी नहुने भएकोले यस दिन कुश काट्ने गरिएकोहो।यसदिन कुश काट्ने गरिएकाे हुँदा यस दिनलाई कुशीऔंसी भन्ने परम्परा चलेकाे हाे। ,, ।।।कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व।।।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक महत्त्व भएको बहु उपयोगी वनस्पति हो । देवकार्य होस् या पितृकार्य जन्म देखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ र वर्तमान समयमापनि Eragrostis cynosuroides वैज्ञानिक नामले चिनीने कुशलाई वैज्ञानिक हरूले अनुसन्धान र निष्कर्ष निकाली सकेकाछन् ।

यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।
त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम् ।।

उपरोक्त श्लोकबाट स्पष्ट हुन्छ कि कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशूलजस्तै शक्तिशाली छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिष, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । वैदिक साहित्यमा परापूर्व कलदेखी नै कुशको वर्णन अनेकौं स्थानमा गरिएको पाईन्छ । विष्णु भगवानको प्रतीक मानिने कुशलाई श्रीमद्भगवद् गीता, गरुड पुराण, अथर्व वेदआदिमा क्रोधशामक र अशुभनिवारक अर्थात् मनलाई नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ भनेर व्याख्या गरिएको पाइन्छ ।

जब कुनै व्यक्तिको जन्म कुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नालेपनि अत्यन्तै फाईदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्नेछ । हवन तथा याज्ञआदि कार्यमा पनि कुश विछ्याउने परम्परा वैदिक कालदेखि नै चलिआएको छ । त्यसैगरी देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पबित्र अर्थात् कुशको औँठी औंलामा लगाउने र कम्मरमा सिउरने धार्मिक विधि समेत रहेको छ । अघि पछि उखलेको कुश एकदिन, कुशे औँशीको दिन उखलेको कुश एक वर्ष र कुशे औँशीको दिन सोमवार (सोमवारे औँशी) पर्न गाएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्णहुने शस्त्रोक्त वचन रहेको छ ।

धार्मिक मान्यता अनुसार मान्छे मर्ने बेलामा या पार्थिव शरीरलाई कुशकै बिछ्यौनामा सुताउने गरिन्छ । यदि कुनै व्यक्तिको मृत्यु पञ्चक अर्थात् धनिष्ठा, शतभिषा, पूर्वभाद्र, उत्तरभाद्र र रेवती नक्षत्रमा मृत्यु भएको भए भवितव्यमा हुने अनिष्टबाट बच्न कुशकै ५ वटा पुत्ला बनाई मसान घाटमै जलाउने प्रचलन रहेको छ । हराएको मान्छे अब जिउँदो छैन भन्ने लाग्यो भने कुशकै पुत्ला बनाएर अन्त्योष्टि गर्ने प्रचलनपनि रहेको छ, किनकि कुशमा अनिष्ट शक्तिलाई नाश गर्ने क्षमता मिल्ने भएकाले कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने गरिन्छ ।

ज्योतिष शास्त्र अनुसार राहु ग्रहको नकारात्मक उर्जालाई हाम्रो शरीरबाट हटाउन कुशपानीले ठुलो मद्दत गर्दछ, राहु ग्रह लागेका या राहु हावी भएका व्यक्तिहरूको लागिपनि कुश ज्यादै उपयोगी छ । राहु ग्रहको महादशा अन्तर्दशा या प्रत्यानतर दशा भएका व्यक्तिहरुले कुशको अधिकभन्दा प्रयोग या हवन गरेर राहुको नकारात्मक उर्जाबाट बच्न सकिन्छ ।

आयुर्वेदमा पनि यसको निकै नै ठूलो महत्व रहेको छ तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा ऊर्ध्वगमन र अधोगमन (high & low), पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने सामर्थ्य कुश मै रहेको छ र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनेर आयुर्वेदमा उल्लेख गरिएको छ ।

हामीले जुनसुकै देवकार्य या पितृकार्य गर्दा, वेदका मंत्र या श्लोकहरु पाठ गर्दा हाम्रो शरीरबाट एकप्रकारको उर्जा निस्किरहेको हुन्छ र त्यो ऊर्जालाई संरक्षित बनाउन र सकारात्मक उर्जा परिचालन गर्न लागि कुश एकदमै महत्त्वपूर्ण भुमिका खेल्दछ । यदि हामीले कुशको आसन र शिरमा पनि कुश राखेर वैदिक मन्त्र, जप, तप, पाठ आदि गर्यौं भने हाम्रो ऊर्जा अन्यत्र नगई आफ्नै शरीरमा निहित हुनाले हामीलाई आफूले गरेको कार्यबाट अझै बढी

सकारात्मक उर्जा प्राप्त भई सत् बुद्धि र विचार आदिको विकास हुन्छ ।

आध्यात्मिक र संचित शक्तिलाई जहिले पनि नेगेटिभ उर्जाले व्याप्त पार्न सक्दछ, त्यसैले हाम्रो वरिपरिका एन्टी रेडियसनबाट बचाउन कुशलाई लगाउने, राख्ने, ओछ्याउने र शुद्ध पार्ने जस्ता कामको लागि उपयोगी गर्ने गरिन्छ यस्ता नकारात्मक प्रवाह र नेगेटिभ उर्जा विशेषगरी हाम्रो हात, गोडा र सीरबाट हाम्रो शरीरमा व्याप्त हुने हुनाले गर्दा कुशका पबित्र, औँठी, मणिबन्ध, यज्ञोपवीत आदि बनाएर ग्रहण गर्ने गरिन्छ । अझ भनु वैज्ञानिक दृष्टिले पनि यो कुरा सिद्ध हुन्छ कि, कुशद्वारा निर्मित गुन्द्री वा चकटीमा नियमित बस्नाले उच्च रक्तचाप जस्ता धेरै बिरामीलाई निकै लाभ हुने वैज्ञानिकहरूको पनि तर्क छ ।

कुशलाई बिकिरणहरूको माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहररूलाई आफ्नो शक्तिद्वारा परिवर्तित गरेको पाइयो । सम्पूर्ण वायुमण्डलमा रहेका विकिरण हरूलाई निस्तेज गर्नसक्ने क्षमता कुशमा मात्रै ६० प्रतिशत रहेको वैज्ञानिक हरूको भनाई छ । वर्तमान समयमा हामीले प्रयोग गर्ने विभिन्न प्रकारका इलोक्ट्रोनिकवस्तु, घडी, मोबाईल, कम्प्युटर लगाएतका अन्य प्राविधिक, टेक्निकल लगायत विद्युतीय उपकरणहरुबाट निस्कने नकारात्मक उर्जालाई समाप्त पार्न र त्यसबाट बच्नको लागि वैज्ञानिक दृष्टिले पनि कुशको प्रयोग महत्त्वपूर्ण छ ।

यस्तो विशेष वनस्पति कुशलाई भरिसक्के काट्नु हुँदैन, कुशे औँशीको दिन उखेलेर घरमा राख्नाले मात्र पनि नकारात्मक उर्जा, तरङ्ग र विकिरणहरूलाई निस्तेज बनाउन मद्दत गर्दछ, त्यसैले ग्रहण आदिमा खानेकुराहरूलाई शुद्ध बनाई राख्न र नकारात्मक उर्जाहरूबाट जोगिन हामीले ग्रहणको समयमा खानेकुराहरुमा कुश राखेर शुद्ध पार्ने गरिन्छ । आगामी दिनहररूमा हामीले कुशलाई घरमा राखे मात्र होइन कुशको महत्त्व र गुण हाम्रो भावी सन्ततिहरूलाई यसवारे सोध संरक्षण र उपयोग गर्न उत्प्रेरित गर्नुपर्दछ ।
ॐ हरये नमः ।श्रीकृष्णार्पणमस्तु।।

रातभर बाहिर कुकुर भुक्दा कसैलाई मज्जासंग निन्द्रा लाग्छ तर हामी कतिलाई सुत्न गाह्रो हुन्छ। बिहान उठेर भेटे जतिलाई कुकुरल...
07/07/2024

रातभर बाहिर कुकुर भुक्दा कसैलाई मज्जासंग निन्द्रा लाग्छ तर हामी कतिलाई सुत्न गाह्रो हुन्छ। बिहान उठेर भेटे जतिलाई कुकुरले सुत्न नदिएको कुरा सुनाउँछौं। के साँच्चै अनिन्द्राको कारण कुकुर हो त? त्यो हुन्थ्यो भनेसबैलाई किन असर परेन? कुकुर त हाम्रो “भ्रम” हो, एउटा कमजोरी छोप्ने सजिलो बहाना हो। अनिन्द्राको कारण आफैं भित्र छ। हाम्रो जीवनमा यस्ता “कुकुर” जताजतै छन्, बिचार गर्न मनन गर्न भने डर लाग्छ।
हरि ॐ

"श्रीरामानुजवैदिकगुरुकुलदेवस्थानम्  रूम्तेक पूर्व सिक्किम बाट नित्याराधना" पुस्तकको प्रकाशित हुनु एक महत्वपूर्ण घटना हो।...
16/06/2024

"श्रीरामानुजवैदिकगुरुकुलदेवस्थानम् रूम्तेक पूर्व सिक्किम बाट नित्याराधना" पुस्तकको प्रकाशित हुनु एक महत्वपूर्ण घटना हो। यो पुस्तक श्रीवैष्णवीय नित्यअनुष्ठान र पूजा विधिहरूमा आधारित छ, र यसलाई विशेष रूपमा वैदिक अनुयायीहरूका लागि तयार गरिएको छ। यस प्रकारका पुस्तकहरूको उद्देश्य धार्मिक र सांस्कृतिक धरोहरलाई संरक्षण गर्नु र आगामी पुस्ताहरूलाई यसको महत्त्वबाट अवगत गराउनु हो।

स-साना कुरामा खुसी खोज्नुस् ,जिन्दगी त्यसै रमाइलो लाग्ने रहेछ!
25/04/2024

स-साना कुरामा खुसी खोज्नुस् ,
जिन्दगी त्यसै रमाइलो लाग्ने रहेछ!

जिन्दगी धेरै अनौठो छ..........!!!
25/04/2024

जिन्दगी धेरै अनौठो छ..........!!!

श्रीमद्भगवतगीता अध्याय 2 श्लोक 38सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ । ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।अनुवादतु...
08/01/2024

श्रीमद्भगवतगीता अध्याय 2 श्लोक 38

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।

अनुवाद
तुम सुख या दुख, हानि या लाभ, विजय या पराजय का विचार किये बिना युद्ध के लिए युद्ध करो। ऐसा करने पर तुम्हें कोई पाप नहीं लगेगा ।

तात्पर्य...
अब भगवान् कृष्ण प्रत्यक्ष रूप से कहते हैं कि अर्जुन को युद्ध के लिए युद्ध करना चाहिए क्योंकि यह उनकी इच्छा है। कृष्णभावनामृत के कार्यों में सुख या दुख, हानि या लाभ, जय या पराजय को कोई महत्त्व नहीं दिया जाता । दिव्य चेतना तो यही होगी कि हर कार्य कृष्ण के निमित्त किया जाय, अतः भौतिक कार्यों का कोई बन्धन (फल) नहीं होता । जो कोई सतोगुण या रजोगुण के अधीन होकर अपनी इन्द्रियतृप्ति के लिए कर्म करता है उसे अच्छे या बुरे फल प्राप्त होते हैं किन्तु जो कृष्णभावनामृत के कार्यों में अपने आपको समर्पित कर देता है वह सामान्य कर्म करने वाले के समान किसी का कृतज्ञ या ऋणी नहीं होता । भागवत में (११.५.४१) कहा गया है -

देवर्षिभूताप्तनृणां पितृणां न किङ्करो नायमृणी च राजन् ।
सर्वात्मा यः शरणं शरण्यं गतो मुकुन्दं परिहत्य कृतम् ।

"जिसने अन्य समस्त कार्यों को त्याग कर मुकुन्द श्रीकृष्ण की शरण ग्रहण कर ली है वह न तो किसी का ऋणी है और न किसी का कृतज्ञ चाहे वे देवता, साधु, सामान्यजन, अथवा परिजन, मानवजाति या उसके पितर ही क्यों न हों ।" इस श्लोक में कृष्ण ने अर्जुन को अप्रत्यक्ष रूप से इसी का संकेत किया है। इसकी व्याख्या अगले श्लोकों में और भी स्पष्टता से की जायेगी ।



शुकदेव सुवेदी विशाल

Address

Biswanath Chariali
784176

Website

Alerts

Be the first to know and let us send you an email when SSB satsanga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category