01/09/2023
बितेको समयलाई सम्झेर केही लेख्दैछु, म आफुले आफैंलाई शब्दमा उतार्दै छु,..!तिम्रो बिछोडपछि म कत्ती पनि म नै छैन, तिम्रो बिछोडको वियोगमा म आफुले आफैँलाई कतै हराएको छु, मलाई अब मसँग यत्ती पनि प्रेम छैन..! साँच्चै मलाई तिमी बिना हुनुको केही अस्तित्व नै छैन जस्तो लाग्छ..! म चाहेर पनि आफुलाई तिमीसँग हुँदा जस्तो बनाउन सक्दिन !! तिमीलाई याद छ नि मलाई जुन खुब मन पर्छ..! तर हेरन आजकल त मलाई यो अँध्यारोको खुब लत लागेको छ!! तिम्रा म्यासेजहरु कयौंपटक हेर्ने गर्छु,, तिमीले प्रेम पुर्वक बोलाएको म्यासेज हेर्दा लजाउछु, हेर्दै मुस्कुराउने गर्छु...अनि फेरि मुस्कुराउँदा मुस्कुराउँदै आँखा बाट आँसु झरेको पत्तै हुन्न !! म आजपनी हर पल तिम्रै बाटो हेर्छु..!तिमिले मलाई माया गर्छौ भन्नी झुट त सहजै स्वीकारेको थिए तर तिमी मेरो हैनौ भन्ने सत्यता म किन स्वीकार्न सकिरहेको छैन मलाई नै थाहा छैन!! तिमीले त मलाई भुली सक्यौ होला..नयाँ संसार सिर्जना गरिसक्यौ होला..!! म किन अघि बढ्न नसक्या होला..! मैले किन बिर्सिन नसक्या होला!! हजारौं पटक बोलाउने कोसिस गरेको छु तर मलाई थाहा छ तिम्रो अहमको अगाडी मेरा लाखौं प्रयासहरु पनि ब्यर्थ नै हुनेछु...! म भन्न चाहन्छु कि तिमी बिनाको मेरो जीवन खाली छ, तिम्रो अंगालोको मलाई खुब न्यास्रो लाग्छ...म तिम्रो अंगालोमा कस्सिएर रुन चाहान्छु म बस् तिम्रो हुन चाहन्छु...! एक सत्य यो होकि म तिमी बिना बाँच्नै सक्दिन अनि अर्को सत्य यो हो कि मैले यो पुरै जीवन तिमी बिना नै गुर्जानु छ ...!तिम्रो खुशिको लागि मलाइ तिमीसँगको कयौंपटकको बिछोड त मन्जुर छ, तर किन किन तिमी बिना रहनुपनी छैन त्यसैले फुच्चि तिमी बस् एकचोटि फर्किएर आउने आँट गर, म पुरै जीवन तिमीलाई पर्खिएर बस्ने साहस राख्छु..! जुन दिन तिमी आउने छौ, जुन दिन तिमी र म फेरि हामी भइनेछौ त्यो दिन मेरो प्रतीक्षाको अन्त्य हुनेछ र मनको जित हुनेछ....!