Ghar Jagga Karobar - घरजग्गा कारोबार

Ghar Jagga Karobar - घरजग्गा कारोबार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar Jagga Karobar - घरजग्गा कारोबार, Estate agent, Biratnagar.

मोरङ जिल्ला लेटाङ्ग ९ जातेँ स्थित (सुम्निमा चोक) देखि ५०m तल २ कठ्ठा जग्गा बिक्रीमा छ। वडा कार्यालय नजिकै। कुनै पनि पसल ...
17/03/2023

मोरङ जिल्ला लेटाङ्ग ९ जातेँ स्थित (सुम्निमा चोक) देखि ५०m तल २ कठ्ठा जग्गा बिक्रीमा छ। वडा कार्यालय नजिकै।
कुनै पनि पसल होटल , मेडिकल,खाजा घर आदि गर्न सकिने ।
पानी , बिजुली, यातायात, बैंक आदि सबै कुराको सुबिधा भएको। यदि कोहि जग्गा किन्न ईच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नु होला सम्पर्क - 9805397055

14/01/2023

अति आकर्षक घडेरी बिक्रीमा रहेकाले आवश्यकता हुने महानुभावले सम्पर्क गर्नुहोला !
सम्पर्क : 9805397055 !

प्रदेश नं. १ को मोरङ जिल्ला स्थित लेटाङ नगरपालीकाका विभिन्न स्थानमा आकर्षक घडेरीहरु बिक्रीमा छन । सम्पर्क : 9805397055
14/01/2023

प्रदेश नं. १ को मोरङ जिल्ला स्थित लेटाङ नगरपालीकाका विभिन्न स्थानमा आकर्षक घडेरीहरु बिक्रीमा छन ।
सम्पर्क : 9805397055

13/01/2023

आकर्षक घडेरीहरु धमाधम बिक्रिमा छन ।

9805397055

घर जग्गा चाहिएमा खरिद गर्न हामिलाई सम्पर्क गर्नुहोस ।
13/01/2023

घर जग्गा चाहिएमा खरिद गर्न हामिलाई सम्पर्क गर्नुहोस ।

14/05/2021

आकर्षक घडेरीहरु धमाधम बिक्रिमा छन ।

खेतिका लागि उपर्युत जग्गा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला ।
05/04/2021

खेतिका लागि उपर्युत जग्गा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला ।

घर जग्गा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला !
05/04/2021

घर जग्गा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला !

जग्गा किनबेच गर्न अब सेयरकै झल्को दिने गरी ‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ?इशारा कोइराला काठमाडौं :...
22/02/2021

जग्गा किनबेच गर्न अब सेयरकै झल्को दिने गरी ‘ल्यान्ड मार्केट’ सञ्चालन गरिने, कसरी हुन्छ कारोबार ?

इशारा कोइराला

काठमाडौं : सरकारले जग्गा–जमिन कारोबारका लागि सेयर कारोबार जस्तै भूमि बजार (ल्यान्ड मार्केट) सञ्चालनमा ल्याउने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सेयर कारोबार भए जस्तै ‘ल्यान्ड मार्केट’ मा जमिनको कारोबार हुने गरी व्यवस्था ल्याउन लागेको हो । यसको लागि मन्त्रालयले आन्तरिक रुपमा अध्ययन गरिरहेको प्रवक्ता जनकराज जोशीले बताए ।

उनले भने, ‘ल्यान्ड मार्केट’ का लागि हामीले आन्तरिकरुपमा अध्ययन गरेका छौं । अबको एक साता भित्रै प्रारम्भिक प्रतिवेदन आउनेछ ।’ उनले प्रारम्भिक प्रतिवेदन आएपछि सरोकावाला निकायसँग आवश्यक थप छलफल गर्ने बताए । प्रवक्ता जोशीले भने, ‘प्रारम्भिक प्रतिवेदन आएपछि सरोकारवाला निकायसँग छलफल अगाडि बढाएर पूर्णपाठको प्रतिवेदन ल्याउँछौं । यसका लागि करिब १ देखि डेढ महिना समय लाग्छ ।’

उनले पहिलो चरणमा भूमि खरिदबिक्रीलाई व्यवस्थित गर्नका लागि भूमि बजार आवश्यक रहेको औंल्याइएकाले त्यसतर्फ पनि अध्ययन गरिएको उनले जानकारी दिए । ‘जग्गा खरिद बिक्रीका लागि आधिकारिक संस्था खडा गरी सो मार्फत खरिदबिक्री हुने अवस्था सिर्जना गर्न ल्यान्ड मार्केटको अवधारण ल्याउन लागिएको हो’ प्रवक्ता जोशीले भने । तथापि, भूमि बजार सरकारी स्वामित्वको हुने वा निजी स्वमित्वको हुने भन्ने विषयमा मन्त्रालयलमा छलफल चलिरहेको उनको भनाई छ ।

जोशीका अनुसार सम्भवतः चालू आर्थिक वर्षभित्रै ल्यान्ड मार्केट कसरी सञ्चालन गर्ने, प्रक्रिया के हुने, पुँजी कति चाहिनेजस्ता विषयलाई स्पष्ट पार्न निर्देशिका तथा कार्यविधि बन्नेछ । मन्त्रालयले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘ल्यान्ड मार्केट’को अवधारणा अघि सारको थियो । भने, यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यसले निरन्तरता पाएको थियो ।

किन आयो ल्यान्ड मार्केटको अवधारणा ?

घरजग्गा खरिद बिक्रीमा अनौपचारिक क्षेत्र हाबी भएपछि त्यसलाई औपचारिक क्षेत्रमा ल्याउन ल्यान्ड मार्केटको अवधारणा अघि सारिएको मन्त्रालयको भनाई छ । जोशीले भने, ‘किनबेच गर्ने निश्चत भएपछि पास गर्न मालपोतमा जाने भन्ने सबैलाई थाहा छ । तर, किनबेच गर्न कसलाई सम्पर्क गर्ने भन्ने अन्योल छ ।’ दलालीमार्फत खरिद गर्दा ठगिने सम्भावना पनि उतिकै रहेको उनले बताए ।

त्यसैले अनुमति प्राप्त संस्था स्थापना गनुपर्छ भन्ने उद्देश्यका कारण ल्यान्ड मार्केटको अवधारणा आएको उनले बताए । त्यसो त विकसित मुलुकहरुमा पनि यस्ता अभ्यास प्रचलनमा रहेको पाइन्छ । अहिले हामीकहाँ जग्गा कारोबारका लागि अत्याधिक नाफा लिन खोज्ने दलालीको हाबी छ । जुन अनौपचारिक पनि हो ।

मन्त्रालयलका प्रवक्ता जोशीका अनुसार सरकारी मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा ठगिने, नक्कली जग्गा खडा गरी पुर्जा दिने जस्ता प्रवृत्तिलाई न्यून गर्छ । यदि मान्यता प्राप्त संस्थामार्फत कारोबार गर्दा पनि ठगियो भने सरकारले आफूले लाइसेन्स दिएको संस्थालाई जिम्मेवार बनाउँछ । कारवाही गर्न सक्छ ।

कसरी हुन्छ ल्यान्ड मार्केटमा जग्गाको किनबेच ?

जोशीका अनुसार नेपाल स्टक एक्सचेन्जमा जसरी कम्पनीहरु सूचीकृत भएपछि सेयर कारोबार हुन्छ, त्यसैगरी ल्यान्ड मार्केटमा पनि बिक्री गर्न चाहने जग्गाको सूचीकरण हुन्छ र किन्न चाहनेले सोही मार्केटमा किन्न सक्छन् । यसको मूल्य बजारले निर्धारण गर्ने उनको भनाई छ ।

मन्त्रालयका अनुसार सरकारले जग्गा खरिदबिक्री गर्न चाहनेलाई अनलाइनमार्फत खरिदबिक्री गर्न सकिने व्यवस्था गर्छ । यदि कसैलाई जग्गा बिक्री गर्नुपरेमा आफ्नो जग्गाको विस्तृत विवरण सो वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइटमार्फत खरिद गर्ने व्यवस्था मिलाउने प्रवक्ता जोशीले बताए ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Karobar - घरजग्गा कारोबार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category