बिक्रीमा राखिएको घर वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा अवस्थित छ । यो घर मुख्य राजमार्गबाट(Tribhhuwan Highway) एक मिनेट भन्दा पनि कम समयमा हिंडेर सजिलै संग पुग्न सकिन्छ । घर उत्तर मोहडा र आयात आकारको छ । जम्मा ३३ धूरको जग्गा क्षेत्रमा निर्मित घरले कुल क्षेत्र को लगभग ३०% मात्र ओगटेको छ भने खाली ठाउँमा अझै पनि ३ वटा भवन निर्माण गर्न प्रशस्त जग्गा रहेको छ । जग्गाको उत्तरी मोहडा करिब ५५-६० फिट छ ।
अवस्थित घरबाट पैदल दूरीमा नै दृष्टि आँखा अस्पताल, तराई अस्पताल, प्रसिद्ध स्कूलहरू जस्तै कादम्बरी एकेडेमी,बिरगंज एकेडेमी इत्यादि,अन्य दन्त तथा आँखा अस्पतालहरू,नेपाल बिधुत प्राधिकरण ,यातायात ब्यावस्था कार्यालय,NIC ASIA बैंक,राष्ट्रिय बाणिज्य बैंक र एटीएम, ब्रह्मस्थान मन्दिर,राधेमाई मन्दिर, दुर्गा मन्दिर का साथै अन्य मन्दिरहरू नजिकै पनि अवस्थित छ । घर आवासीय उद्देश्यका साथै व्यावसायिक उद्देश्यका लागि अत्ति उपयुक्त छ । अझ भन्ने हो भने पार्किंगका लागि धेरै ठाउँहरू भएकोले सरकारी कार्यालयहरूको लागि झन बढी उत्तम हुन सक्दछ ।
विवरण
सडक पहुँच २० फिटे, ड्रेनेज प्रणालीको साथ ।
भुमि योजनाहरु ः
भुईं तल्ला ः शयनकक्ष ४, स्टोर कोठा ३ (चीजहरू भण्डारणको लागि प्रयोग गर्दै तर २ कोठा बेडरूमको रूपमा प्रयोग गर्न सकिन्छ र १ कोठा भान्छाको रूपमा प्रयोग गर्न सकिन्छ, २ भान्साकोठा, १ बाथरूम, १ शौचालय
पहिलो तल्ला ः शयनकक्ष ४, भान्सा, हालै भान्छाको रूपमा प्रयोग भइरहेको तर यो शयनकक्ष को रूपमा प्रयोग भइरहेको थियो १, बाथरूम शौचालय १
माथिल्लो तला ः शयनकक्ष १, भान्छा १, पूजा कोठा १, शौचालय १
कोठा विवरण बिस्तृतमा माथि उल्लेख गर्न नसकिने हुनाले यहाँ विस्तृत रुपमा वर्णन गरिएको हो । मूल्य ः ६,४९,९९,९९९ (मेरै गोरुको बार्है टक्का हुँदैन आपसी समझदारीबाट एउटा बिन्दुमा पुग्न सकिन्छ )
सम्पर्क नम्बरस् ९८१११३८६५५ र ९८५५०२८२०२
खरीदको लागि यदि गम्भीर हुनुहुन्छ भने मेरो तर्फबाट ग्यारेन्टी छ मूल्य बसेर कुराकानीबाट अझै मिलाउन सकिन्छ ।