18/07/2026
वृद्ध तथा अशक्त जग्गाधनीहरूको घरमै पुगेर सेवा प्रदान गर्ने प्रतिबद्धता अनुसार, पुनः नाप–जाँच पश्चात तयार भएको जग्गाधनी पूर्जा सहित चैनपुर नगरपालिका वडा नं. १० का विभिन्न गाउँ–बस्तीमा पुगेर ९६ वर्षसम्मका ज्येष्ठ बुबाआमाहरूलाई धनीपूर्जा हस्तान्तरण गरिएको छ। यस क्रममा शनिबारे बिदाको समेत सदुपयोग गरिएको छ।
स्रोत: हरिशरण नेपाल, विशेष नापी कार्यालय, संखुवासभा (चैनपुर)