National Migrant Network on HIV/AIDS and SRHR

National Migrant Network on HIV/AIDS and SRHR National Migrant Network on HIV/AIDS & Sexual Reproductive Health/ Rights (NMNHAS) is the only migrant network of India Going Nepali migrants,

04/08/2026

वैदेशिक रोजगारका लागि जान्नै पर्ने कुराः डिजिटल श्रृंखलाः गुनासो व्यवस्थापन सम्बन्धी।

01/08/2026

वसुधैव कुटुम्बकम् -
जाति, धर्म, भाषा, देश वा संस्कृतिभन्दा माथि उठेर सबै मानवलाई एउटै परिवारको रूपमा हेर्न प्रेरित गर्नु पर्छ।

26/07/2026

काठमाडौं । नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)क& #2366...

सकारात्मक सो‌चले जीवनमा उत्साह दिन्छ ।
22/07/2026

सकारात्मक सो‌चले जीवनमा उत्साह दिन्छ ।

मनमा अत्यधिक निराशा, तनाव वा असहज महसुस भइरहेको छ? सम्झनुहोस्, तपाईँ एक्लो हुनुहुन्न। अप्ठ्यारा दिनहरू सबैको जीवनमा आउँछन्, तर धैर्यताका साथ समस्याको समाधान खोज्नु नै बुद्धिमानी हो। आफ्नो मनको कुरा नलुकाउनुहोस्, नेपाल सरकारद्वारा सञ्चालित निःशुल्क हेल्पलाइन ११६६ मा जुनसुकै बेला फोन गरी मनोपरामर्शदातासँग परामर्श लिनुहोस्।
Ministry of Health and Population-Nepal
Nisha Mehta
Anuj Bhattachan

#मानसिक_स्वास्थ्य #आत्महत्या_रोकथाम #मनोपरामर्श ゚

16/07/2026
12/07/2026

जीवन अमूल्य छ।
जीवनमा जति नै कठिन परिस्थिति आए पनि त्यसको समाधान ढिलो वा चाँडो अवश्य भेटिन्छ। आत्महत्या कुनै पनि समस्याको समाधान वा विकल्प होइन। हरेक चुनौतीसँग सामना गर्दै अगाडि बढ्नु नै साहस हो।
यदि तपाईं वा तपाईंको चिनजानमा कोही मानसिक तनाव, निराशा वा आत्महत्याको सोचसँग संघर्ष गरिरहनुभएको छ भने, एक्लै नबस्नुहोस्। आफ्ना परिवार, साथीभाइ वा विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस्। आवश्यक परे तुरुन्तै विशेषज्ञको सहयोग लिनुहोस्।
राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन: ११६६ (२४×७)
आशा कहिल्यै नछोडौँ। जीवनभन्दा मूल्यवान् केही छैन।
#1166

बुटवलमा आयोजित प्रादेशिक परामर्श तथा संवाद कार्यक्रममा एचआइभी, क्षयरोग र औलो नियन्त्रणका लागि नीतिगत सुधार, प्रभावित समु...
10/07/2026

बुटवलमा आयोजित प्रादेशिक परामर्श तथा संवाद कार्यक्रममा एचआइभी, क्षयरोग र औलो नियन्त्रणका लागि नीतिगत सुधार, प्रभावित समुदायको स्वास्थ्य अधिकार, आप्रवासी कामदारको स्वास्थ्य सुरक्षा तथा सरकार, स्थानीय तह र सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइयो ।
आप्रवासी कामदारहरूको एचआईभी एड्स तथा प्रजनन् स्वास्थ्य सञ्जाल, नेपाल (National Migrant Network on HIV/AIDS and SRHR; NMNHAS) ले यस कार्यक्रम आयोजना गरिएको थियो ।

https://www.youtube.com/watch?v=v9_k60kE4Fs&t=410s

https://www.facebook.com/reel/898433356610015


Welcome to Butwal Today OnineTV, This is the official Youtube chann...

एचआइभी, क्षयरोग र औलो नियन्त्रणमा नीतिगत सुधार आवश्यकः प्रदेश मामिला तथा कानुन समिति, लुम्विनी प्रदेश सभा
10/07/2026

एचआइभी, क्षयरोग र औलो नियन्त्रणमा नीतिगत सुधार आवश्यकः प्रदेश मामिला तथा कानुन समिति, लुम्विनी प्रदेश सभा

Welcome to Butwal Today OnineTV, This is the official Youtube chann...

लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेश मामिला तथा कानुन समितिका सदस्य माननीय जमुना ढकालले नीति निर्माण तहमा सबै समुदायको सम...
10/07/2026

लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेश मामिला तथा कानुन समितिका सदस्य माननीय जमुना ढकालले नीति निर्माण तहमा सबै समुदायको समान सहभागिता हुन सकेमात्र उनीहरूको आवश्यकता सम्बोधन हुने बताउनुभयो। प्रदेश सरकारले आप्रवासी कामदार, एचआइभी संक्रमित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, क्षयरोग प्रभावित तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम र बजेटमार्फत काम गरिरहेको उहाँको भनाइ थियो।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय तहले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै एचआइभी संक्रमित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा अन्य लक्षित समुदायका लागि बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। नागरिकता प्राप्तिदेखि आधारभूत सेवामा पहुँच विस्तारसम्म स्थानीय सरकारले सहकार्यका माध्यमबाट काम अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो।
त्यसैगरी मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले नेपालभित्र मात्रै नभई भारतमा कार्यरत नेपाली आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका विषयमा पनि आयोगले निरन्तर काम गरिरहेको बताउनुभयो। आप्रवासी कामदारहरूको एचआइभी एड्स तथा जनस्वास्थ्य सञ्जाल नेपालका अध्यक्ष सावित्रा ज्ञवालीले अहिले पनि कुनैकुनै ग्रामीण क्षेत्रहरूमा कार्य गर्न सहज वातावरण नभएको बताउनुभयो।
कार्यक्रममा रिकभरिङ नेपाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), नेपप्लस, ब्लु डायमण्ड सोसाइटी, रिकभरिङ नेपाल वुमेन, प्रिजन फाउन्डेसन तथा आप्रवासी कामदारहरूको एचआइभी एड्स तथा जनस्वास्थ्य सञ्चालन नेपाललगायत संस्थाको सहकार्य रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद, नीति निर्माण तहका प्रतिनिधि, स्थानीय तह, स्वास्थ्यकर्मी तथा एचआइभी, क्षयरोग, औलो र मानव अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गर्दै आयोजक संस्थाका कार्यकारी निर्देशक सञ्जीव अधिकारीले यही क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था स्थानीय तहको सहकार्य र समन्वयमा अझै पनि काम गर्न सकिने बताउनुभयो।







#भारतजानेकामदारकोअधिकार
#सुरक्षितआप्रवासन








https://www.janatatoday.com/2026/06/27/82118/?fbclid=IwY2xjawS8S79leHRuA2FlbQIxMQBicmlkETFyZjJXeGtQVlB5aTVHN0hjc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHvtlpo3uKbAsbrh3f0ieuve7qccXKdf2M1njy9kJ9oIRabgtjApRw88uLwyP_aem_M-e9Kp3CSZQVU5RvYfNuZQ

एचआइभी, क्षयरोग र औलोजस्ता जनस्वास्थ्यका चुनौतीपूर्ण रोगहरूको रोकथाम, उपचार र प्रभावित समुदायको अधिकार सुनिश्च...

एचआइभी छयरोग र मलेरिया संक्रमणको जोखिम तथा जोखिम न्यूनीकरणका रणनीतिहरु तय गर्न नीतिगत बहस गर्ने उद्देश्यले काठमाडौँमा एक...
09/07/2026

एचआइभी छयरोग र मलेरिया संक्रमणको जोखिम तथा जोखिम न्यूनीकरणका रणनीतिहरु तय गर्न नीतिगत बहस गर्ने उद्देश्यले काठमाडौँमा एक नीति संवाद सम्पन्न गरिएको छ प्रस्तुत छ सोही संवाद कार्यक्रममा आधारित यो सामग्री यसै साता राजधानीमा एचआइभी छयरोग र मलेरिया जस्ता स्वास्थ्य समस्याका बारेमा नीतिगत संवाद गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरिएको छ नीति निर्मातासँग नीति संवाद नाम दिएको उक्त कार्यक्रममा खासगरी असुरक्षित र अनौपचारिक आप्रवासनका कारण एचआइभी क्षय रोग र मलेरिया जस्ता स्वास्थ्य चुनौती थपिएको भन्दै सरोकारवालाहरुले त्यसका लागि उचित नीति तथा कार्यक्रमहरु तयार गरि कार्यान्वयन गर्न सुझाव दिएका छन् खासगरी कर्णाली र सुदुरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जाने र आउने श्रमिकहरुको तथ्यांक अध्यावधिक गर्न नसकिएको र तथ्यांकको अभावमा नीति कार्यक्रम र योजना निर्माण गर्न कठिनाई भएको सहभागीहरुको भनाइ छ नेपालबाट भारतमा जानेतीहरु हरुको कुनै पनि अभिलेख छैन, तथ्यांक छैन, खुल्ला सिमाना छ ।

यस सञ्जालले भारत जाने आप्रवासी कामदारलाई लक्षित गरी सराेकारवालाहरुसँग नीति संवाद कार्यक्रम आयोजना गरेको थियो । जसमा विभिन्न सराेकारवालाहरू जस्तै कानुन, न्याय तथा मानव अधिकार समितिबाट समितिका सभापति माननीय समीक्षा बाँस्काेटा, राष्ट्रिय एड्स तथा याैन राेग नियन्त्रण केन्द्रबाट निर्देशक डा. सर्वेश शर्मा, राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी एवम् प्रवक्ता ढुण्डीराज लामिछाने, सामाजिक सुरक्षा कोषबाट डा. रोशन कोजु
निर्देशक, राष्ट्रिय मानव अधिकार आयोगबाट मानव अधिकार अधिकृत लक्ष्मी पौडेल, नेपाल नगरपालिका संघबाट ज्योति शर्मा, गाउँपालिका राष्ट्रिय महासंघबाट विष्णु नेपाल, युएनडिपी, आई‌‍‍ओएम, एएचएफ, कन्ट्री कोर्डिनेसन मेकानिजम, राष्ट्रिय समाचार समिति, कान्तिपुर पब्लिकेसन लगायतका सहभागिता रहेकाे थियो ।
यसका साथै यस संवाद कार्यक्रम युनएनडिपी/रिकभरी नेपालको आर्थिक सहयोगमा सञ्चालित भएको थियो भने ऐक्यवद्धता गर्ने कन्सोर्टियम संस्थाहरूमा नील हिरा समाज, जागृति महिला महासंघ,राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल, रिकभरी नेपाल वोमन, प्रिजन फाउण्डेसन, योङ्ग कि पपुलेसन लिड नेपाल रहेका थिए । यस कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष तारादेवी थापाले गर्नुभएको थियो ।
भारत जाने नेपाली आप्रवासी कामदारहरूको सुरक्षित, मर्यादित र व्यवस्थित श्रम आप्रवासन सुनिश्चित गर्न व्यापक तथ्याङ्क व्यवस्थापन, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा तथा नीतिगत सुधारमा जोड दिइएको छ। सरोकारवालाहरूबीच आयोजित छलफलमा भारत जाने कामदारहरूको तथ्याङ्कलाई विद्यमान सरकारी तथ्याङ्क प्रणालीमा एकीकृत गर्दै प्रमाणमा आधारित योजना, सेवा प्रवाह र नीतिगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिइयो। साथै, भारत जाने कामदारहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने, एआरटी सेवन गरिरहेका कामदारहरूका लागि भारतमै उपचार र नियमित परीक्षणको व्यवस्था गर्न नेपाल र भारत सरकारबीच (G2G) समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइयो।
छलफलमा नेपाल र भारतको श्रम कानुनअनुसार श्रम सम्झौता (Contract) सम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्यले सहजीकरण गर्नुपर्ने, अन्य मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारले प्राप्त गर्ने सेवा तथा सुविधाहरू भारत जाने नेपाली कामदारले पनि समान रूपमा पाउनुपर्ने, वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली संशोधनका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले आवश्यक पहल गर्नुपर्ने तथा राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ मा रहेका भारत लक्षित व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव प्रस्तुत गरियो। साथै, भारतीय श्रम कानुनसँग समन्वय गरी भारतमा कार्यरत नेपाली कामदारहरूलाई पनि सम्बोधन हुने व्यवस्था विकास गर्नुपर्ने, सीप विकास, ब्रान्डिङ तथा स्वदेशमै रोजगारी र स्वरोजगार प्रवर्द्धनमार्फत् जीविकोपार्जनका अवसर विस्तार गर्नुपर्ने विषयमा पनि जोड दिइयो।
कार्यक्रमले विशेष रूपमा भारतबाट श्रम गरी फर्किएका कामदार तथा भारत जाने आप्रवासी कामदारको उच्च उद्गम भएका स्थानीय तहहरूमा आयआर्जन र दीगो जीविकोपार्जनका लागि लक्षित कार्यक्रमहरू नेपाल सरकारका नीति तथा कार्यक्रम, साथै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूको वार्षिक योजना तर्जुमा प्रक्रियामा अनिवार्य रूपमा समावेश गरिनुपर्ने महत्वपूर्ण नीति निर्माताहरू समक्ष सुझाव समेत अघि सारेको थियो ।

UNDP Nepal
Recovering Nepal
Nepal CCM Civil Society
IOM Nepal
AIDS Healthcare Foundation
YKP LEAD NEPAL
Jagriti Mahila Maha Sangh
Blue Diamond Society
Nepal Women
Foundation
National Association of PLWHA in Nepal - NAP+N

Social Security Fund सामाजिक सुरक्षा कोष
of youth, Labor and Employment
statistic office
Nepal
Nepal
National Centre for AIDS and STD Control - NCASC

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Kathmandu

Telephone

+9779841295315

Website

Alerts

Be the first to know and let us send you an email when National Migrant Network on HIV/AIDS and SRHR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share