जरोकिलो महाअभियान गुल्मी

  • Home
  • Nepal
  • Kathmandu
  • जरोकिलो महाअभियान गुल्मी

जरोकिलो महाअभियान गुल्मी +97450473832

14/07/2023
25/10/2022

मौलिक जरोकिलो पार्टीको २४ बुँदे सङ्कल्प पत्र :

१) नेपालको संविधानको पुनर्लेखन गरेर धर्म निरपेक्षता खारेज गरी सनातन धर्मसापेक्ष राष्ट्र लेखिनेछ । धर्मपरिवर्तनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ । धर्मपरिवर्तन गराउनेलाई अत्यन्त कडा सजायको व्यवस्था गरिनेछ ।

२) अवैज्ञानिक किसिमले तयार गरिएको खर्चिलो वर्तमान संघीय संरचनालाई परिवर्तन गरेर पानीढलोको सिद्धान्त (Watershed theory) मा आधारित, गण्डकी, कोशी, कर्णाली राजधानी प्रदेश हुने (३+१) ढाँचाको संघीयता निर्माण गरिनेछ ।

३) विशेष मौलिक निर्वाचन विधिद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था गरिनेछ ।

४) एमसीसी, बिआरआई, रिभरलिंक लगायतका रणनीतिक परियोजनाको लागि भएको सम्झौताहरू खारेज गरिनेछ ।

५) सांसदहरू मन्त्री बन्न नपाउन, केन्द्रमा ९ जना र प्रदेशमा ५ जना मात्रै मन्त्री हुने व्यवस्था गरिनेछ । सांसदहरूलाई सांसद विकास कोष वा अन्य कुनै बहानामा करोडौँ रकम दिइने प्रावधान तत्काल बन्द गरिनेछ ।

६) संविधानमा लेखिएको ’समाजवाद उन्मुख’ भन्ने वैचारिक जाल खारेज गरेर ’वैज्ञानिक सत्ययुग उन्मुख’ भनेर लेखिनेछ ।

७) कडा व्यक्तिगत पात्रता परिक्षणपछि मात्रै नागरिकता दिने ’राष्ट्रिय नागरिकता नीति’ लागू गरिनेछ ।

८) शक्तिशाली संयन्त्र खडा गरी भ्रष्टाचारको तीव्र छानविन, दोषीलाई कठोर सजाय र सर्वस्वहरणसम्म गरिनेछ ।

९) नेपाली नागरिकमाथि सिमानामा हुने ज्यादती रोक्न विशेष दस्ता खडा गरिनेछ । निश्चित स्थानहरूबाट अभिलेखीकरण गरेर मात्रै सिमा वारपार गर्ने व्यवस्था लागू गरिनेछ । मिचिएका सिमाना फिर्ता ल्याउन कडा कुटनीतिक कदम चालिनेछ ।

१०) विदेशी र विधर्मी एजेण्डा बोकेका एनजीओ र आइएनजीओमाथि प्रतिबन्ध लगाइनेछ ।

११) नेपालको मुद्रामा श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्वीर छापेर प्रचलनमा ल्याइनेछ ।

१२) शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरणको अन्त्य गरी ‘सक्नेले तिर्ने, नसक्नेलाई निःशुल्क’ हुने मौलिक शिक्षा र स्वास्थ्य प्रणाली लागू गरिनेछ ।

१३) नक्कली किसान मोटाउने, वास्तविक किसान पिडित रहने, किसानले समयमा मल नपाउने र स्वदेशी उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य गरिनेछ ।

१४) विपन्न विद्यार्थीको रहेको घरमा एक एक वटा कम्प्युटर निःशुल्क उपलब्ध गराइनेछ ।

१५) हरेक पालिकामा आविष्कार केन्द्र सञ्चालन गरेर युवाहरूलाई आविष्कार (Invention) र नवाचार (Innovation)का लागि सुविधा प्रदान गरिनेछ ।

१६) इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी ICT बोर्ड गठन गरेर नेपाललाई विश्वकै आउटसोर्सिङ्ग केन्द्रको रूपमा विकास गरिनेछ ।

१७) आर्थिक समृद्धिको प्रमुख आधार, स्रोत साधनमाथि समुदायको अधिकार– कार्यक्रम लागू गरिनेछ । सबैको लागि आधारभुत समृद्धिको सुनिश्चितता गरिनेछ ।

१८) उद्योग, उत्पादन गृह, व्यापार आदि क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गरी स्वदेशमै लगानी, स्वदेशमै रोजगारी अघि बढाईनेछ ।

१९) मातृभाषाको संरक्षणका लागि आधारभूत तहको शिक्षा मातृभाषामा गर्ने अनिवार्य व्यवस्था गरिनेछ ।

२०) जातीय छुवाछुत र विभेद हटाउन कडाइका साथ कानुनको पालना गर्नका साथै विद्यार्थीलाई सानै कक्षादेखि वंशियार र अंशियार नीतिमा आधारित प्रशिक्षण अनिवार्य गरिनेछ ।

२१) अपाङ्गता भएका व्यक्तिहरूको वैज्ञानिक किसिमले वर्गीकरण गर्ने, सामूहिक आवासको व्यवस्था गर्ने र उक्त आवास गृहलाई उत्पादन गृहको रूपमा सञ्चालन गरी राष्ट्रनिर्माणमा अग्रसर गराइनेछ ।

२२) नयाँ पुस्तालाई धर्म, संस्कृति, सभ्यता र नैतिकतासँग जोड्न ‘सुखी ज्येष्ठ नागरिक र सवल स्वसंस्कृतिकरण’ अभियान चलाइनेछ ।

२३) नेपाललाई आध्यात्मिक केन्द्रको रूपमा अन्तरराष्ट्रिय ब्राण्डिङ्ग गरिनेछ । ध्यान, योग, साधना र तीर्थाटनको लागि प्रमुख गन्तव्यको रूपमा विकास गरिनेछ ।

२४) पत्रु खाना (Junk food) को आयातमा प्रतिबन्ध लगाइनेछ । घरको भान्छालाई घरेलु प्राकृतिक औषधालयको रूपमा विकास गरिनेछ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जरोकिलो महाअभियान गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category