27/02/2026
बिबिसी डकुमेन्ट्रीमा नदेखाइएका ती दृश्यहरू:
१. जनआक्रोश सडकमा उत्रिसकेको थियो। तर त्यो विस्फोट हुनुभन्दा केही दिनअघि, एउटा शान्त कोठामा डिजिटल प्लेटफर्मको प्रशिक्षण चलिरहेको थियो। त्यही तालिमपछि, पानी बाँड्ने भोलिन्टियरका रुपमा खटिएका सुदन गुरुङ विजयी मुद्रामा फर्किएको दृश्य। बिबिसीले देखायो आन्दोलन, तर देखाएन त्यो आन्दोलनलाई संगठित गर्ने डिजिटल दिमाग र त्यसको सशक्त माध्यम बनेका हजारौं युवाको मुस्कान।
२. बाइकको घुरघुराहट र जेनजीको उत्सुक नजर। टिओबी बाइकर्स आन्दोलनको फ्रन्टलाइनको एउटा महत्वपूर्ण योजना थिए, जसलाई नयाँ पुस्ताले आश्चर्य र उत्सुकतासाथ हेरिरहेका थिए। बिबिसीले क्यामेरा घुमायो भीडमा, तर त्यो भीडको योजनाकार रणनीति र बाइकर्सको सशक्त उपस्थितिको तस्वीर भने कैद गर्न बिर्सियो।
३. सबभन्दा भयावह दृश्य। संसद भवनको गेटमा तोडफोड सुरु भइसकेको थियो। पहिलो गोली चल्नुअघि नै, प्रहरी आफैं ज्यान जोगाउन संघर्ष गरिरहेको अवस्था। अराजकता चरम सीमामा पुगिसकेको थियो। बिबिसीले त्यो गोली कसले चलायो भन्ने खोज्यो, तर त्यो गोली चल्नुअघिको अन्तिम क्षणको त्रास, तोडफोड र अराजकताको साँचो तस्वीर देखाउन बिर्सियो।