21/09/2025
आइतबार सेयर बजार परिसूचक नेप्से १११ दशमलव ७० अंकले बढेर २६२३ विन्दुमा पुगेको छ।
कारोबारमा आएका तीन सय २९ लगानी उपकरणमध्ये दुई सय ५४ वटाको मूल्य बढेको छ, ६० वटाको मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर छ।
दिनभर बजार बढ्दा १४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो।
आज सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडवील फाइन्नास, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपी पावर, अंखुखोला जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।