27/09/2025
असोज ३ गते बिदाको दिनै शेरबहादुर देउवा र आरजु राणा देउवालाई राहदानी बनेको भन्दै परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। उनीहरू उपचारका लागि थाइल्यान्ड जान लागेका थिए तर प्रकरण बाहिरिएपछि यात्रा स्थगित भएको छ। राहदानी विभागका अधिकारीहरू मोबाइल पासपोर्ट वितरणमा प्रयोग हुने विशेष ‘किट’ लिएर उनीहरू उपचाररत स्थानमै पुगेका थिए र त्यहीं राहदानी जारी गरिएको खुलेको छ।