मेरो आबाज डट .कम

Directions

मेरो आबाज डट .कम Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेरो आबाज डट .कम, Real Estate, काठमाडौं, Kathmandu.

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाने सडकखण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सड...
13/07/2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाने सडकखण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडकको बगाएको छ।

सडक अवरुद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका तथा त्यहाँ जाने क्रममा रहेका सवारीसाधन अलपत्र परेका छन्।

अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनका होटल पूर्ण रूपमा बगाएको छ।

होटल बगेपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

बाढीले घान्द्रुक जोड्ने सडक कटान गरेपछि पर्यटक बोकेका सवारीसाधन दुवैतर्फ रोकिएका छन्। घान्द्रुक पुगेका गाडी पनि सडक अवरुद्ध भएकाले फर्किन सकेका छैनन्।

बाढीले अन्नपूर्ण आधार शिविर पदमार्गअन्तर्गत घान्द्रुक–छोमरोङ जोड्ने किम्रुङ खोलामाथिको पुलसमेत बगाएको छ।

स्थानीयका अनुसार किम्रुङ खोलामा आएको एक्कासिको बाढी मोदी खोलामा मिसिएपछि मोदी खोला उर्लिएको हो।

‘माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएको र त्यसपछि एक्कासि बाढी आएको हुन सक्छ। किम्रुङ खोलामा आएको बाढीले मोदी खोला पनि उर्लियो,’ प्रवक्ता गुरुङले भने, ‘बाढीले पुल र सडक दुवै बगाएको छ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थलमा अहिले थप बाढीको जोखिम नदेखिएको र केही घण्टाभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

09/07/2026

कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि 'कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३' जारी गरेको छ।
नयाँ आचारसंहिता अनुसार, कर्मचारीहरूले कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने भएका छन्।
यसका साथै, सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न पनि रोक लगाइएको छ।

https://basistha.com/p/news-2081-11-20-01-15
04/03/2025

https://basistha.com/p/news-2081-11-20-01-15

क्यामुन्टार बाट काठमाडौ आइ विभिन्न पेसा व्यवसाय गरि बसोबास गर्ने सम्पुर्ण बुबा आमा दाजु भाइ तथा दिदी बहिनी सबैजन...

10/10/2024

Address

काठमाडौं
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when मेरो आबाज डट .कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category