CE Construction Pvt. Ltd.

CE Construction Pvt. Ltd. Operational areas: Construction, Consultancy, Construction Management, Property Development, Manufac

Driven by our dream to be active participants in the socio - techno development of the country and guided by our core values of integrity, honesty and hard work, CE, 22 years since its establishment has grown into a multidimensional/multinational organization serving sectors in: Construction, Consultancy, Construction Management, Manufacturing, Education, Finance, Health and Hospitality. As we str

ive to be the most trusted names in each area of our operations, construction remains our forte. Founded in 1992, the foremost establishment of CE, CE Construction is an organized industry that offers services in general contracting, construction management and design consultancy for projects of all kinds. Drawing on the significant construction experience and project management expertise of our people, we have firmly planted ourselves on the leading edge of innovation and have succeeded in creating a special niche. Today, the company prides itself in the quality and reliability of its work and the personal attention that each of its projects, small or big, receive. Owing to this reputation, CE Construction has had the privilege of leading some of the highest profile projects in the country and outside. The areas of our operation reflect our vision of socio techno development of the nation. Initiatives for knowledge, skills and technology transfer, creation of infrastructures, and opportunities for employment and entrepreneurship are our ways of sowing seeds for an economically vibrant tomorrow. Our diversification into our preferred lines of businesses through associate ventures has been through partnerships allowing us to leverage on our core strengths; together, these operations offer synergy to CE’s overall performance. Traversing the uncertainties of yesterday and prepared to face the challenges of today, we are due to our vision, philosophies and working modality, and most importantly due to our people.

मातृदेवो भव ।पितृदेवो भव ।।आचार्यदेवो भव ।।।जननी जन्मभूमिश्च स्वर्गादपी गरियसीकुपुत्रो जायते क्वचिदपी कुमाता न भवतीआमाको...
16/04/2026

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी
कुपुत्रो जायते क्वचिदपी कुमाता न भवती
आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरुमा नमन ।

नयाँबर्ष तिमी आउनूबिहानीको किरणसंगै जोश बन्दै आउनूरातको अँधेरीमा ज्योति बन्दै आउनूहिउँद्को मीठो घाम बनी आउनूबर्षाको दरिल...
13/04/2026

नयाँबर्ष तिमी आउनू
बिहानीको किरणसंगै जोश बन्दै आउनू
रातको अँधेरीमा ज्योति बन्दै आउनू
हिउँद्को मीठो घाम बनी आउनू
बर्षाको दरिलो ओत बनी आउनू
आउनु तिमी, नयाँ उमंग बोकी आउनू
हर आत्मामा खुसीको दीप बनी आउनू ।
नयाँं वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।

परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्त...
17/03/2026

परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरु खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ ।
उक्त दिन काठमाडौंको टुंँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्ने गरिन्छ । कुनैबेला काठमाडौं उपत्यकामा सिमित यो जात्राले अहिले राष्ट्रिय महत्व पाउन थालेको छ । घोडेजात्राले राष्ट्रिय महत्व पाउन थालेजस्तै सबै नेपालीको उन्नति, प्रगतिले हिमाल चुम्न सकून् । घोडेजात्राको अवसरमा सम्पूर्ण नेपालीहरुमा यही नै हाम्रो शुभकामना |

त्रेता युगमा विष्णुका परम् भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुने । तर पनि मार्न नसकेपछि हिरण्...
01/03/2026

त्रेता युगमा विष्णुका परम् भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुने । तर पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट जलेर नमर्ने बरदान पाएकी होलिकाको काखमा प्रल्हादलाई लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका आफैं जलेर नष्ट भइ असत्यमाथि सत्यको विजय भएको उपलक्षमा होली पर्व मनाउन थालिएको जनविश्वास छ । होलीको सम्पूर्णमा शुभकामना ।
होली रे होली, आयो रे होली ।

शिवरात्री त्यो रात्री हो, जसमा शिवसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अति प्रिय रात्रीलाई शिवरात्री भनिन्छ । भनिन्छ, यस द...
14/02/2026

शिवरात्री त्यो रात्री हो, जसमा शिवसँग घनिष्ठ सम्बन्ध छ । भगवान शिवको अति प्रिय रात्रीलाई शिवरात्री भनिन्छ । भनिन्छ, यस दिन भगवान शिवको विवाह भएको थियो । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । महान पर्व शिवरात्रीको सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा शुभकामना ।

माला र अबिरकावीच शहीदको तस्वीर र माला राखेर पूजा गर्नुभन्दा पनि शहीदलाई मुटुभित्र राखौं सधैसधै र देशलाई माया गरौं ।हुँदै...
29/01/2026

माला र अबिरकावीच शहीदको तस्वीर र माला राखेर पूजा गर्नुभन्दा पनि शहीदलाई मुटुभित्र राखौं सधैसधै र देशलाई माया गरौं ।
हुँदैन विहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।
शहीद दिवसको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
म मरे पनि मेरो देश बाँंचिरहोस्............

सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार ब्रह्माले जीवहरूको, रचना गरे । तर पनि आफ्नो सृष्टिसँग उनी खुशी भएन...
23/01/2026

सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञा अनुसार ब्रह्माले जीवहरूको, रचना गरे । तर पनि आफ्नो सृष्टिसँग उनी खुशी भएनन् । उनलाई केही कमी भएको भान भयो । यही कारण चारेैतिर मौनता छायो । त्यसपछि विष्णुसँग अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलबाट जल छरे । पृथ्वीमा जलकण छरिने बित्तिकै कम्पन हुन थाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । त्यो सुन्दर स्त्रीको थियो, जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसँग वीणा बजाउन अनुरोध गरे । जब देवीले वीणा बजाइन््, संसारका समस्त जीव–जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीको शुभकामना ।

माघे संक्रान्ति नेपालका थारु जतिको नयाँं वर्षको दिन हो । त्यस दिनलाई उनीहरु माघी भनेर मनाउँंछन् । मगर जातिले मुख्य रूपमा...
14/01/2026

माघे संक्रान्ति नेपालका थारु जतिको नयाँं वर्षको दिन हो । त्यस दिनलाई उनीहरु माघी भनेर मनाउँंछन् । मगर जातिले मुख्य रूपमा धुमधामको साथ मनाउने यो पर्वलाई माघ्यासेर्ल्हेस पनि भनिन्छ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघे संक्रान्तिको अवसरमा नेपालका सम्पूर्ण जातजाति, भाषा, क्षेत्रबासीहरुमा हार्दिक मंगलमय शुभकामना ।

It is time to say goodbye to the year 2025 and welcome the New Year 2026 with all our arms open.  CE Family heartily ext...
01/01/2026

It is time to say goodbye to the year 2025 and welcome the New Year 2026 with all our arms open. CE Family heartily extends you a Happy New Year 2026! We wish this New Year brings positivity, prosperity and good health to all of you!

गुरुङ जातिको नयाँं वर्ष तमु ल्होसारको अवसरमा देशविदेशमा रहनुभएका गुरुङ जातिका साथै सम्पूर्ण नेपालीजनमा सुख, शान्ति अनि द...
29/12/2025

गुरुङ जातिको नयाँं वर्ष तमु ल्होसारको अवसरमा देशविदेशमा रहनुभएका गुरुङ जातिका साथै सम्पूर्ण नेपालीजनमा सुख, शान्ति अनि दीघायूको हार्दिक मंगलमय शुभकामना । यो नयांँ वर्षले नयाँं उर्जा थपून् सवैमा ।
चिसोबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

गोलढुङ्गा मुख्य सडकमा जग्गा बिक्रीमा.............................................................त्रिशुली राजमार्गसँग जो...
07/12/2025

गोलढुङ्गा मुख्य सडकमा जग्गा बिक्रीमा.............................................................
त्रिशुली राजमार्गसँग जोडिएको
२–१–०–२ (दुई रोपनी एक आना दुई दाम)
२०० फिट मोहडा
तुरुन्तै पास गर्न सकिने
रिसोर्ट, रेष्टुरेण्ट, गोदामको लागि उपयुक्त.....................................................................................................................................
Call: 9801133333, 9802050555, 9801200055, 9801050010, 9801200051

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमामा पर्वका दिन चामलको पिठोबाट बनेको परिकार विशे...
03/12/2025

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हि अर्थात् योमरी पूर्णिमामा पर्वका दिन चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा लिइन्छ । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी भन्ने बुझिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । योमरी पुन्हिको हार्दिक शुभकामना ।

Address

Tripureshwor 11
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CE Construction Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CE Construction Pvt. Ltd.:

Share