Aajako Lagani Pvt.Ltd.

Aajako Lagani Pvt.Ltd. a real estate and investment platform that seeks to provide the financial freedom of our partners,

संगीत, ज्ञान अनि विद्याकि प्रतिरुपी सरस्वतीले तपाईंलाई ज्ञान, सिर्जनशीलता र सफलता प्रदान गरुन्।  सरस्वती पूजा तथा वसन्त ...
03/02/2025

संगीत, ज्ञान अनि विद्याकि प्रतिरुपी सरस्वतीले तपाईंलाई ज्ञान, सिर्जनशीलता र सफलता प्रदान गरुन्।

सरस्वती पूजा तथा वसन्त पन्चमीको हार्दिक मंगलमय शुभकामना।

१८ सयको मनोवैज्ञानिक ‘सपोर्ट’ परीक्षणमा सेयर बजार
05/11/2023

१८ सयको मनोवैज्ञानिक ‘सपोर्ट’ परीक्षणमा सेयर बजार

मौद्रिक निती २०८०-८१, - बजेटको लक्षलाई टेवा पुग्नेगरी कर्जाको ११.५% को वृद्धी लक्ष ( गत बर्षको स्थिती हेर्दा, महत्वकांक्...
23/07/2023

मौद्रिक निती २०८०-८१,

- बजेटको लक्षलाई टेवा पुग्नेगरी कर्जाको ११.५% को वृद्धी लक्ष ( गत बर्षको स्थिती हेर्दा, महत्वकांक्षी नै देखीन्छ)
- नितीगत व्याजदर केही कम गरी कोरिडरको Effective
implementation को व्यवस्थाले व्याजदरमा धेरै ऊतारचढाव नरहन सक्ने
- शेयर कर्जा, रियल स्टेट र हायर पर्चेज कर्जाको Risk Weight पुनरावलोकन ( संभवत घट्ने होला) ले बैंकहरुको पुजींकोष माथीको चापंलाई र कर्जा विस्तारको लक्षलाई पनी सहयोग पुग्ने,
- विदेशी मुद्रा संचिती सिमा माथी रहेकोले वाह्य क्षेत्रतर्फ धेरै लचिलो,
- PE/VC मा बैंकको लगानिलाई प्रोत्साहन गर्ने संकेत
- बैंकहरुको तोकिएका क्षेत्रमा पुर्याऊन पर्ने कर्जा सिमा पुनरावलोकन गरिने व्यवस्थाले प्राथमिकता का क्षेत्रहरु जस्तै ऊर्जा, कृषी र साना / मझौला कर्जा र अन्य ऊत्पादनमुलक क्षेत्रका कर्जा विस्तारमा नौ जोड दिने तर त्यसको दायरा परिवर्तन हुने संकेत
- बैंक तथा वित्तीय संस्थाको सफल मर्जर पश्चात्, मर्जर नितीलाई २०८०-८१ मा लघुवित्त तर्फमात्र सिमीत गर्ने संकेत,
- ECL अनुसारको कर्जा नोक्सानी व्यवस्था, Macro Stress Testing Framework, सहकारीको छुट्टै नियामक निकाय, Centralized KYC, Swap Instruments, PEMI etc. आदी नयां व्यवस्था आदी

मौद्रिक निती २०८०-८१

- बजेटको लक्षलाई टेवा पुग्नेगरी कर्जाको ११.५% को वृद्धी लक्ष ( गत बर्षको स्थिती हेर्दा, महत्वकांक्षी नै देखीन्छ)
- नितीगत व्याजदर केही कम गरी कोरिडरको Effective
implementation को व्यवस्थाले व्याजदरमा धेरै ऊतारचढाव नरहन सक्ने
- शेयर कर्जा, रियल स्टेट र हायर पर्चेज कर्जाको Risk Weight पुनरावलोकन ( संभवत घट्ने होला) ले बैंकहरुको पुजींकोष माथीको चापंलाई र कर्जा विस्तारको लक्षलाई पनी सहयोग पुग्ने,
- विदेशी मुद्रा संचिती सिमा माथी रहेकोले वाह्य क्षेत्रतर्फ धेरै लचिलो,
- PE/VC मा बैंकको लगानिलाई प्रोत्साहन गर्ने संकेत
- बैंकहरुको तोकिएका क्षेत्रमा पुर्याऊन पर्ने कर्जा सिमा पुनरावलोकन गरिने व्यवस्थाले प्राथमिकता का क्षेत्रहरु जस्तै ऊर्जा, कृषी र साना / मझौला कर्जा र अन्य ऊत्पादनमुलक क्षेत्रका कर्जा विस्तारमा नौ जोड दिने तर त्यसको दायरा परिवर्तन हुने संकेत
- बैंक तथा वित्तीय संस्थाको सफल मर्जर पश्चात्, मर्जर नितीलाई २०८०-८१ मा लघुवित्त तर्फमात्र सिमीत गर्ने संकेत,
- ECL अनुसारको कर्जा नोक्सानी व्यवस्थापन ।

मौद्रिक नितिका मुख्य ३० बुंदाहरु:

१.मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य।
२.६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने ।
३.विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण
४ .अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत
नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम ।
५.वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने।
६.पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने।
७.चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने ।
८.लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने।
९.भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिने।
१०. कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्नु मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
११.ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने ।
१२. प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागी Stressed Loan Resolution Framework जारी गरिने ।
१३. वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनःमूल्याङ्कन गर्नुको साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने।
१४. राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा Capital Adequacy Framework, 2015 अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागु गरिने ।
१५. नेपाल लेखामानअनुसार Expected Credit Loss Model(ECL) कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गरिने।
१६. कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने ।
१७.आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ ।
१८. धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका Private Equity Fund/ Venture Capital Fund मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने ।
१९. क्रेडिट स्कोरीङ्ग मापन गर्ने प्रणालीको विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने ।
२०. बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने ।
२१. बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र (National ID) समेतलाई केन्द्रीय ग्राहक पहिचान (Centralised KYC) आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने।
२२. बैकिङ्ग प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोलेबैंकिङ्ग क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ्ग सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिनेसम्बन्धी व्यवस्था गरिने ।
२३. २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुकोमर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने ।
२४.केन्द्रीय बैक विद्युतीय मुद्रा (CBDC) जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाईने ।
२५. सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/ व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने ।
२६. ड्राफ्ट/टी.टी. र DAP/DAA को माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।
२७. राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १,५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २,५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ ।
२८ . हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति÷सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिने ।
२९. कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयामा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने ।
३०. बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप (SWAP) लगायतका उपकरणहरुका सम्बन्धमा गरिएको अध्ययनका आधारमा यस्ता उपकरणहरु उपलब्ध हुने व्यवस्था गरिने ।

यस मौद्रिक नीतिको कार्यान्वयनबाट समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन हुने, वित्तीय स्रोतको उत्पादनशील उपयोग अभिवृद्धि हुने, वित्तीय पहुँच विस्तार हुने र उच्च तथा दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा नेपाल राष्ट्रबैंकले राखेको छ।

मौद्रिक नितिले कुनै खास नयां नितिगत व्यबस्थामा परिमार्जन गर्ने अपेक्षा गरिएको थिएन। बर्ष २०७९/८० को तेस्रो त्रैमासिक समिक्षा मार्फत केही बुँदाहरु मार्फत तत्कालीन समस्या समाधान गरिसकेको अबस्था र केही यता तरलता मा सहजता रहेका कारण नेपाल राष्ट्र बैंक थप खुकुलो हुन नचाहेको देखिन्छ। समस्याहरु पहिचान भइसकेको तर नियामकिय व्यवस्था मा नितिगत परिवर्तन गर्नुपर्ने अवस्था भएमा केही पछी गरिने गरी पुनरावलोकन गरिने भन्ने वाक्यांश सहित ढाडस दिन खोजेको देखिन्छ । आर्थिक बृद्दिदर को लक्ष्य बजेट मै उल्लेख भएकाले मौद्रिक नितिले बोलेको देखिन्छ तर चुनौतिपूर्ण छ। उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह लाइ प्रोत्साहित गर्ने लक्ष्य लिएको देखिन्छ, आर्थिक बृद्दिदर बढाउन जरुरी पनि छ तर बर्तमान अबस्थाले गर्दा लक्ष्य पुरा हुने गरी उत्पादनशील क्षेत्रतर्फ कर्जा माग हुने अवस्था देखिँदैन। मौद्रिक निति जिम्मेवारीबोध सहित काम गरेर बनाईएको, अपेक्षित अनी पर्ख र हेर भन्ने आसय सहित आएको देखिन्छ।

केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी सुचना
18/07/2023

केन्द्रीकृत बिद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी सुचना

भारतका लगानीकर्ता रामदेव अग्रवालले सन् १९९० मा १ करोड भारतीय रुपैयाँ लगानी गरेर २०२३ मे सम्ममा २७ सय करोड भन्दा धेरै पुर...
01/07/2023

भारतका लगानीकर्ता रामदेव अग्रवालले सन् १९९० मा १ करोड भारतीय रुपैयाँ लगानी गरेर २०२३ मे सम्ममा २७ सय करोड भन्दा धेरै पुर्याउन सफल भएका छन् । अग्रवाल भारतका एक सफल लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । हर्सद मेहताले नेतृत्व गरेको सन् १९९२ को बुल रनमा अग्रवालको लगानी ३० करोडसम्म पुगेको थियो । तर, बबल फुटेपछि पोर्टफोलियो घटेर १० करोडमा झर्यो ।उनले सन् १९९४ मा वारेन वफेटलाई भेटेपछि लगानी गर्न नयाँ रणनीति अपनाएका थिए । त्यसपछि, पोर्टफोलियोमा रहेको २ सय भन्दा धेरै कम्पनीहरु बिक्री गरेर केही सीमित कम्पनीमा मात्र लगानी गरे । उनले यो स्ट्राटिजिलाई फोकस स्ट्राटिजिको नाम दिएका छन् । जसमा १०–१५ कम्पनीमा मात्र लगानी गर्ने र लामो समय होल्ड गर्ने गरिन्छ । उनले लगानी गर्दा कम्पनी व्यवस्थापनको क्वालिटी, ग्रोथ, १०–१५ वर्षसम्म लगानी गर्दा कति नाफा हुन सक्छ र कम्पनीको मूल्य कति छ भन्ने कुरामा ध्यान दिने गर्छन् । यदि योमध्ये एउटा कुरा मात्र अपुग छ भने उनले सेयर खरिद गर्दैनन् । उनी सेयर बजारमा जुवा खेल्दैनन् । बिना सोचबिचार कहिल्यै पनि लगानी गर्दैनन् ।अग्रवाल भन्ने गर्छन्, सेयर बजार सीधा लाइनमा माथि जाँदैन । बजारमा उतारचढाव आउँछ । त्यसैले राम्रो कम्पनीमा लगानी गर्नुपर्छ, जसले १०–१५ वर्ष लगातार नाफा कमाएको छ । उनले १९९६ मा हिरो हन्डाको सेयर ३० रुपैयाँ प्रतिकित्तामा खरिद गरेका थिए । पछि २०१६ मा २६ सय रुपैयाँमा बिक्री गरेका थिए ।उनले इन्फोसिसको सेयरबाट पनि निकै धेरै नाफा कमाएका छन् । अग्रवाललाई कतिपय कम्पनीमा घाटा पनि भएको थियो । तर, अस्थिरताको समयमा विविधीकरण लगानीकर्ताको सबैभन्दा राम्रो मित्र हो भन्ने सोचेर उनले सेयर बिक्री गरेनन् । सन् २००० को वाई टु के बजार र्यालीमा उनको लगानी १० करोड रुपैयाँबाट १० गुणा बढेर १०० करोड रुपैयाँ पुग्यो । त्यो र्याली पछिको करेक्सनले उनको लगानीमा ७०% गिरावट देखियो र, यो १ सय करोड रुपैयाँबाट फेरि घटेर ३० करोड रुपैयाँमै आयो । तर, ७ वर्षभित्रै उनको लगानी ८३३% ले बढेर सन् २००७ को बजार र्यालीमा ५ सय ५० करोड पुगेको थियो । पछि फेरि आर्थिक मन्दीका कारण सन् २००८ मा ५ सय ५० करोड रुपैयाँ घटेर २ सय ५० करोडमा झर्न पुग्यो ।फेब्रुअरी २०२० सम्म आइपुग्दा उनको लगानी २५० करोडबाट १८ सय ५० करोड रूपैयाँसम्म पुग्न सफल भयो । यसमा उनको धैर्यताले ठूलो लाभांश प्राप्त गर्यो । सेयर किनबेच

07/06/2023

भारतका लगानीकर्ता रामदेव अग्रवालले सन् १९९० मा १ करोड भारतीय रुपैयाँ लगानी गरेर २०२३ मे सम्ममा २७ सय करोड भन्दा धेरै पुर्याउन सफल भएका छन् । अग्रवाल भारतका एक सफल लगानीकर्ताका रुपमा पनि चिनिन्छन् । हर्सद मेहताले नेतृत्व गरेको सन् १९९२ को बुल रनमा अग्रवालको लगानी ३० करोडसम्म पुगेको थियो । तर, बबल फुटेपछि पोर्टफोलियो घटेर १० करोडमा झर्यो ।उनले सन् १९९४ मा वारेन वफेटलाई भेटेपछि लगानी गर्न नयाँ रणनीति अपनाएका थिए । त्यसपछि, पोर्टफोलियोमा रहेको २ सय भन्दा धेरै कम्पनीहरु बिक्री गरेर केही सीमित कम्पनीमा मात्र लगानी गरे । उनले यो स्ट्राटिजिलाई फोकस स्ट्राटिजिको नाम दिएका छन् । जसमा १०–१५ कम्पनीमा मात्र लगानी गर्ने र लामो समय होल्ड गर्ने गरिन्छ । उनले लगानी गर्दा कम्पनी व्यवस्थापनको क्वालिटी, ग्रोथ, १०–१५ वर्षसम्म लगानी गर्दा कति नाफा हुन सक्छ र कम्पनीको मूल्य कति छ भन्ने कुरामा ध्यान दिने गर्छन् । यदि योमध्ये एउटा कुरा मात्र अपुग छ भने उनले सेयर खरिद गर्दैनन् । उनी सेयर बजारमा जुवा खेल्दैनन् । बिना सोचबिचार कहिल्यै पनि लगानी गर्दैनन् ।अग्रवाल भन्ने गर्छन्, सेयर बजार सीधा लाइनमा माथि जाँदैन । बजारमा उतारचढाव आउँछ । त्यसैले राम्रो कम्पनीमा लगानी गर्नुपर्छ, जसले १०–१५ वर्ष लगातार नाफा कमाएको छ । उनले १९९६ मा हिरो हन्डाको सेयर ३० रुपैयाँ प्रतिकित्तामा खरिद गरेका थिए । पछि २०१६ मा २६ सय रुपैयाँमा बिक्री गरेका थिए ।उनले इन्फोसिसको सेयरबाट पनि निकै धेरै नाफा कमाएका छन् । अग्रवाललाई कतिपय कम्पनीमा घाटा पनि भएको थियो । तर, अस्थिरताको समयमा विविधीकरण लगानीकर्ताको सबैभन्दा राम्रो मित्र हो भन्ने सोचेर उनले सेयर बिक्री गरेनन् । सन् २००० को वाई टु के बजार र्यालीमा उनको लगानी १० करोड रुपैयाँबाट १० गुणा बढेर १०० करोड रुपैयाँ पुग्यो । त्यो र्याली पछिको करेक्सनले उनको लगानीमा ७०% गिरावट देखियो र, यो १ सय करोड रुपैयाँबाट फेरि घटेर ३० करोड रुपैयाँमै आयो । तर, ७ वर्षभित्रै उनको लगानी ८३३% ले बढेर सन् २००७ को बजार र्यालीमा ५ सय ५० करोड पुगेको थियो । पछि फेरि आर्थिक मन्दीका कारण सन् २००८ मा ५ सय ५० करोड रुपैयाँ घटेर २ सय ५० करोडमा झर्न पुग्यो ।फेब्रुअरी २०२० सम्म आइपुग्दा उनको लगानी २५० करोडबाट १८ सय ५० करोड रूपैयाँसम्म पुग्न सफल भयो । यसमा उनको धैर्यताले ठूलो लाभांश प्राप्त गर्यो । सेयर किनबेच गर्ने भन्दा पनि होल्ड गर्दा अत्यन्तै फाइदा हुन पुग्यो । कोभिड महामारीको शुरुवातमा बजार छोटो समयका लागि क्र्यास हुँदा लगानी १८ सय ५० करोड रुपैयाँबाट ११ सय ५० करोडमा झरेको थियो । कोभिड पछिको बुल रनमा अग्रवालको लगानी फेरि २२ सय करोडभन्दा बढी भयो । उनले स्टक बजारबाट १४ सय करोड भन्दा धेरै आम्दानी गरेका छन् ‍। सन् २००८ मा उनले म्युचुअल फन्ड र पोर्टफोलियो म्यानेजमेन्टको बिजनेस पनि सुरु गरेका थिए । २०१३ मा उनले हाउजिङ फाइनान्सको बिजनेस पनि थालेका थिए । अग्रवालले सन् १९८० को दशकमा आफ्नो लगानी यात्रा सुरु गरेका थिए र पछिल्लो ४० वर्षमा उनले आफ्नो सम्पति एक करोडबाट २७ सय करोडसम्म पुर्याएका छन् । जुन एक हिसाबले अनि सरसर्ती हेर्दा अविश्वसनीय उपलब्धि जस्तै लाग्छ । साधारणतय जब कसैले सेयर बजारमा लगानी गर्न थाल्छन् त्यहाँ थुप्रै रिटर्नको अपेक्षा हुन्छ । सबैजना धनी बन्न चाहन्छन् । सबैले कुनै समयमा छिटै दसौं प्रतिफल पाउन चाहन्छन् । तर दुर्भाग्यवश धन सिर्जना गर्नुको सट्टा धेरै मानिसहरू सेयर बजारमा आफ्नो भएभरको पैसा गुमाउने गर्छन् ।

लगानीकर्ताले बुझ्नुपर्ने कुरा भनेको बुल रनको समयमा स्टक बजारबाट लगातार प्रतिफल प्राप्त हुन्छ । र बियरिस मार्केटमा ठूलो घाटा देखिन्छ । तर जोखिम व्यवस्थापन, मुद्रा व्यवस्थापन र ठूला नोक्सानीबाट बच्न बजारको डर र लोभ अवधारणालाई ख्याल गर्नुपर्छ अनि पालना पनि गर्नुपर्छ । इक्विटी वा स्टक एक महान धन निर्माता हो भनिन्छ । यद्यपि, लगानीकर्ताले बजारमा बारम्बार गलत निर्णयहरु लिँदा ठूलो घाटामा बाहिरिनुपर्न पनि सक्छ । सेयर बजारमा लगानी सुरु गर्नुअघि पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा दीर्घकालीन लगानी गर्न सक्नु नै हो । छोटो सूचनाकै भरमा लगानी गरिहाल्नु हुँदैन । छोटो अवधिको लगानीले बजारमा अस्थिरताको सामना गर्न इक्विटीको शक्तिमा धैर्यता र दृढ विश्वास गर्नुपर्छ । छोटो अवधिको उतारचढावलाई बेवास्ता गर्न, लगानीकर्ताहरूसँग दीर्घकालीन दृष्टिकोण हुनुपर्छ । उचित वित्तीय योजना बनाएर दीर्घकालीन वित्तीय लक्ष्यहरु तय गर्न सकिन्छ । रामदेव अग्रवाल मोड्युलर वित्तीय सेवाका सहसंस्थापक र अध्यक्ष पनि हुन् । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनले सन् १९८७ मा सबब्रोकरको रुपमा सेयर बजार यात्रा सुरु गरे । सन् १९८६ मा सेन्सेक्स स्थापना भएदेखि नै उनी भारतीय सेयर बजारसँग जोडिएका हुन् ।

यो लगानीकर्ताको जीत हो । सबैमा बधाई
04/06/2023

यो लगानीकर्ताको जीत हो । सबैमा बधाई

आन्तरिक राजश्व विभागको भ्रामक बक्तब्य ।
31/05/2023

आन्तरिक राजश्व विभागको भ्रामक बक्तब्य ।

39%TAX
30/05/2023

39%TAX

Address

Putalisadak
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aajako Lagani Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajako Lagani Pvt.Ltd.:

Share

Category