17/11/2022
नुवाकोट र रसुवा जिल्लामा पनि आलुको पुतलीले धेरै दुख दिएको छ।आलु लगाउदै वा लगाई सक्नु भएको छ भने आलु को पुतली को बारेमा पनि बुझ्नु जरुरि छ |
आलुको पुतली (Potato Tuber Moth -Phthorimaea operculella )
आलुको पुतली खेत र भण्डारण दुवै अवस्थामा देखिने किरा हो | यसको माउ सानु र खैरो हुन्छ , लार्भा हल्का गुलाबी अनि टाउको गाढा खैरो र चलमलाउने स्वभाब को हुन्छ | पुतलीको अण्डा हल्का पहेला अनि पात , काण्ड र आलु दानको आँखालामा पार्दछ | यस किसिमको समस्या फिल्डमा भण्डारण दुवै अवस्थामा देखिने हुदा कृषक दाजु भाईले आलु रोप्दा र भण्डारणमा बिसेष ध्यान दिनु पर्ने हुन्छ |
ब्यबस्थापन तथा नियन्त्रण का उपायहरु :
बिउ आलुको लागि स्वस्थ आलुको प्रयोग गर्नु होला |
आलुलाई सकभर कम गहिराईमा नरोप्नु, आलुलाई १० देखि १५ से मि को गहिराईमा रोप्नु होला |
सकभर पुतलीको सक्रमण भएको बिउ आलु नरोप्नु होला |
आलु खनी सकेपछि लामो समय रात भरि नै बारीमा नराख्नु होला |
आलु रोप्दा मालथियन धुलो वा बिउ आलुलाई मालथियन ५० इ सी को झोल प्रति लिटर १ एम एल पानीमा मिसाई ५-१० मिनेट आलुलाई सो घोलमा मिसाई छहारीमा राख्ने र रोप्ने |
पी टि एम लुर को प्रयोग गर्ने | प्रति हेक्टर १५ फेरोमोन ट्रयाप राख्दा राम्रो हुन्छ |
केराउ, प्याज वा खुर्सानीलाई अन्तरबालीको रुपमा खेति गर्नुस |
आलुको भण्डारण गर्दा जैविक बिषादी बि. टि ( Bacillus Thuringiensis ) को प्रयोग गर्ने |
नया र पुरानो आलु लाई संगै भण्डारण नगर्नु अनि नमिसाउनु |
आलु भण्डारण गर्दा तितेपाती, पुदिना को प्रयोग गर्दा राम्रो हुन्छ |
साभार: राजेन्द्र देवकोटा