27/08/2026
मिति २०८३ भाद्र १० गते विहान रसुवा, नुवाकोट र धादिङ्ग जिल्लाका केही क्षेत्रहरुमा आएको भिषण बाढीका कारण भएको जनधनको क्षतिप्रति घरजग्गा एजेन्ट संघ नेपाल (रिआन) गहिरो दुःख ब्यक्त गर्दछौं ।
यो भिषण प्राकृतिक प्रकोप याने विनाशकारी बाढी पहिरो र डुबनाका कारण अकालमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रती भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं । साथै यस प्राकृतिक विपत्तिमा परी घाईते हुनु भएका सम्पूर्ण आमा बुबा, दाज्यूभाई तथा दिदीवहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यस संकटको घडीमा सम्पूर्ण पीडित परिवारजहरुको पीडामा मलम लगाउन र स्थिति समान्य बनाउनका निम्ति उद्धार तथा राहात कार्यहरुमा तीव्रता दिन अर्थात खोज र उद्दार गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीय स्वयमसेवकहरु खटिरहनु भएको छ । जोखिमका रहेका नागरिकहरुलाई सुरक्षित संस्थानमा स्थानान्रण राम्रो सँग सम्पन्न होस कामना गर्दछौ ।
घरबार विहिन भएका र प्रभावित परिवारको लागि तत्काल खाद्यान्न, सुरक्षित पिउने पानी, त्रिपाल, कम्बल र औषधि सहितको ईमेर्जेन्सी राहत प्याकेज वितरण शुरु गरियोस् ।
यो समय हामी सबै धैर्यबान् भई एक अपासमा सहयोग र समन्वय गर्ने समय हो । सरकार, जिम्मेवार राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरु, सम्पूर्ण स्थानीय निकाय, सामाजिक संघ संस्था, युवा स्वयम्सेवक र आम नागरिकहरुलाई उद्दार र राहत वितरण कार्यमा हातेमालो गर्न हार्दिक आह्वान गर्दछौं ।
....................
ईश्वर प्रसाद खरेल
(अध्यक्ष)