GharJam

GharJam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GharJam, jhamsikhel, Lalitpur.

19/05/2014

Online matchmaking and dating system. Register with us to find your perfect match. Our system includes dozens of powerful search options, advanced profiles, a live forum, and fully integrated chat. Powered by oceanwebtech.com

19/05/2014

ईश्वरप्रसाद खरेल देशको ठुलो अर्थतन्त्रको कारोवार गर्ने रियल स्टेट सम्वन्धि नेपालमा आजको दिनसम्म यथोचित रुपमा सर्वेक्ष्ँण नै भएको छैन । आजको आधुनिक समयमा सर्वेक्ष्ँण विना गरिएको काम, कुरा र क्रियाकलाहरु वास्तवमा हजुवा हुन्छन् । सर्वेक्षण तथा अध्ययन, अनुसन्धान भएन भने नीति नियम बनाउन, विभिन्न जनउपयोगी…

19/05/2014

घरजग्गा कारोवार उकास्न अध्ययन, अनुसन्धान
http://gharjam.com/?p=888

घरजग्गा कारोवार उकास्न अध्ययन, अनुसन्धानhttp://gharjam.com/?p=888
19/05/2014

घरजग्गा कारोवार उकास्न अध्ययन, अनुसन्धान
http://gharjam.com/?p=888

gharjam.com/?p=72नेपालमा रियल स्टेटको पुर्नसंरचना किन ? .........
29/04/2014

gharjam.com/?p=72
नेपालमा रियल स्टेटको पुर्नसंरचना किन ? .........

29/04/2014

http://gharjam.com/?p=85
नेपालमा रियल स्टेट पुनर्सरचना बारे बहस शुरु...........

http://gharjam.com/?p=85नेपालमा रियल स्टेट पुनर्सरचना बारे बहस शुरु...........
29/04/2014

http://gharjam.com/?p=85
नेपालमा रियल स्टेट पुनर्सरचना बारे बहस शुरु...........

gharjam.com/?p=72
29/04/2014

gharjam.com/?p=72

26/04/2014

ईश्वर खरेल
अध्यक्ष, घरजग्गा एजेण्ट सङ्घ नेपाल (रिआन)

रियल इस्टेटको व्यावसायिक अवस्था अहिले कस्तो छ ?
अहिले नेपालको रियल इस्टेट व्यवसायले राम्रो गति लिन सकिरहेको अवस्था छैन । मुलुकको राजनीतिले कुनै दिशा नलिएसम्म यसमा पनि सुधार हुन गाह्रो छ । अहिले पर्याप्त मात्रामा तरलता भएकाले बैङ्कहरूले कर्जामा ब्याजदर पनि घटाएका छन् । यसले गर्दा यो व्यवसायमा सुधार हुन सक्ने सम्भावना भने रहेको छ । तर, नयाँ संविधान जारी नभएसम्म केही भन्न सक्ने अवस्था छैन । अहिले सामान्य व्यापारमात्रै भइरहेको छ । तर, व्यावसायिक रूपमा अगाडि बढ्न भने सकेको छैन ।

सरकारले रियल इस्टेट व्यवसायलाई उद्योगको मान्यता दिने तयारी गरिरहेको छ । यसबाट यो व्यवसायलाई कत्तिको फाइदा पुग्ला ?
नेपालमा सबैभन्दा धेरै सम्भावना रहेको क्षेत्र नै रियल इस्टेट व्यवसाय हो । यसबाट सरकारले वार्षिक करोडौं राजस्व सङ्कलन गर्न सक्छ । तर, यो व्यवसायलाई नियन्त्रण गर्ने कुनै पनि नियामक निकाय छैन । यतिसम्म कि, काठमाडौं उपत्यकामा मात्रै पनि कति घर निर्माण भए भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । शहरी विकास मन्त्रालयले उपत्यकामा २ लाख ५० हजार घर रहेको अनुमान गरेको छ, तर हाम्रो अनुमानमा भने ३ लाख ५० रहेको छ । यस्तो महत्त्वपूर्ण तथ्याङ्क पनि सरकारसँग नहुनु विडम्बना नै मान्नुपर्छ । यो व्यवसाय संस्थागत रूपमा अगाडि बढ्न नसक्नुमा यस्ता थुप्रै कारण छन् । त्यसैले, यदि उद्योगको रूपमा नै स्थापित हुने हो भने यो व्यवसाय थप मर्यादित र व्यावसायिक रूपमा अगाडि बढ्न सक्नेछ ।

घरजग्गा कर्जाको सीमा तोक्ने राष्ट्र बैङ्कको नीति कत्तिको व्यवसायमैत्री पाउनुभएको छ ?
राष्ट्र बैङ्कको नीति न व्यावहारिक छ, न त वैज्ञानिक नै । नजिकका केही व्यक्तिको साधारण सल्लाह–सुझावका आधारमा मनोगत रूपले बनाइएका यस्ता नीतिले व्यवसायलाई खासै फाइदा पुग्न सकेको छैन । हचुवाका भरमा बनाइएका नीति व्यावहारिक हुनै सक्दैनन् । यदि बैङ्कले व्यवसायीको हितका लागि सोच्ने होे भने यसमा अध्ययन र अनुसन्धान गरेर मात्रै नीति निर्माण गर्नुपर्छ । नीति बनाउनुअघि सरोकारवालासँग छलफलसमेत गर्नुपर्छ । तबमात्रै यो दिगो र प्रभावकारी हुन सक्छ ।

रियल इस्टेट व्यवसायमा ग्राहक कत्तिको सचेत पाउनुभएको छ ?
अहिले व्यवसायमा केही भिन्नता आएको छ । सेवाग्राहीहरू सचेत हुन थालेका छन् । पहिला उनीहरूले मूल्यलाई बढी प्राथमिकता दिने गर्थे । आफ्ना नजिकका व्यक्तिले सिफारिश गरेको ठाउँमा मात्र घरजग्गा खरीद गर्ने प्रचलनसमेत थियो । तर, अहिले भने मानिसले घरजग्गा कारोबारसँग सम्बन्धित अन्य विषयलाई पनि महत्त्व दिन थालेका छन् । उनीहरूले आफ्नै विवेकले घरघडेरी छनोट गरी खरीद गर्ने क्रम बढेको छ । साथै, यो व्यवसायमा लगानी गर्नुपूर्व थप आवश्यक अध्ययन–अनुसन्धान गर्न थालेका छन् । यो पक्कै पनि राम्रो सङ्केत हो ।

अन्य क्षेत्रका मानिस पनि रियल इस्टेटको कारोबारमा संलग्न रहेका कारण समस्या सृजना भएको भनिन्थ्यो । अहिले त्यसको अवस्था कस्तो छ ?
यो २०६१/६२ सालतिरको कुरा हो । त्यतिबेला मुलुकको राजनीतिक अवस्था पनि राम्रो थिएन । तत्कालीन माओवादी द्वन्द्वको समय पनि थियो । असुरक्षा र त्रासका कारण अधिकांश मानिस शहर केन्द्रित भएका थिए । त्यसैले पनि त्यतिबेला यो व्यवसायमा बिचौलियाहरूको निकै चहलपहल थियो । तत्कालीन समयमा सरकारले पनि त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न कुनै काम गरेन । सरकारी स्तरबाट कुनै नीतिनियम पनि आउन सकेन । त्यसैले, त्यो समयमा घरजग्गा व्यवसायबाट सरकारले जति मात्रामा कर प्राप्त गर्नुपर्ने हो, त्यति पाउन सकेन । अहिले त्यस्ता बिचौलियाको संलग्नता कम छ । व्यवसाय राम्रोसँग सञ्चालन हुन नसकेर पनि त्यस्तै बिचौलियाहरू सुस्ताएका हुन् । तर, भोलिका दिनमा पनि त्यस्तो परिस्थिति नआउला भन्न सकिँदैन । त्यसैले, यस सम्बन्धमा सरकारले पहिले नै स्पष्ट नीतिनियम बनाउनुपर्छ ।

उपभोक्ताहरूले नयाँ अपार्टमेण्ट, घर वा जग्गा खरीद गर्दा केकस्ता विषयमा विचार पुर्‍याउनुपर्ला ?
अपार्टमेण्ट, घर वा जग्गा मानिसले पटकपटक खरीद गर्ने वस्तु होइन । त्यसैले, यस्ता वस्तुको खरीद गर्नुअघि धेरै विषयमा ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म योजनाबद्ध रूपमा विकास गरिएका स्थानमा घरजग्गा छनोट तथा खरीद गर्नुपर्छ । खरीद गर्नुपूर्व सम्बन्धित व्यक्ति वा सङ्घसंस्थाको सल्लाह पनि लिन सकिन्छ । अहिले इण्टरनेटबाटै पनि यससम्बन्धी पर्याप्त जानकारी पाउन सकिन्छ । घरजग्गा खरीद गर्दा विवाद नभएको स्थान हेर्नुपर्छ । सुरक्षा, सामाजिक वातावरण, सेवासुविधा भए/नभएकोबारे पनि जानकारी राख्नुपर्छ । सस्तो मूल्यलाई मात्र महत्त्व दिनु हुँदैन । यस्ता विषयमा आम उपभोक्ताले विशेष ध्यान दिन जरुरी छ ।

यस व्यवसायमा रहेका प्रमुख समस्या के–के हुन् ?
अस्थिर पूँजीबजार नै यस व्यवसायको मुख्य समस्या हो । साथै, रियल इस्टेट व्यवसायकै लागि भनेर सरकारसँग स्पष्ट नीतिनियम नहुनु पनि अर्को समस्या हो । यो व्यवसायका लागि सरकारसँग दूरदर्शिताको कमी देखिन्छ । त्यसकारण व्यवसायीहरू व्यक्तिगत रूपमा अगाडि बढ्न खोजिरहेका छन् । स्पष्ट नीतिनियमको अभावकै कारण उनीहरू संस्थागत रूपमा सङ्गठित हुन सकिरहेका छैनन् ।

यस्तो समस्या समाधानका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?
नेपालमा सबैभन्दा बढी विवादित हुने विषय भनेको नै घरजग्गा हो । त्यसैले, यस व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले छुट्टै आयोग गठन गर्नुपर्छ । शहरी विकास मन्त्रालयले शहरी क्षेत्रलाई मात्रै हेर्छ, तर ग्रामीण भेगका लागि भने कुनै निकाय नै छैन । यसका लागि पनि सरकारले छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता छ । यसैगरी सरकारले गर्नैपर्ने अर्को मुख्य काम लाइसेन्स वितरण हो । रियल इस्टेट व्यवसायी (घरजग्गा एजेण्ट)लाई सरकारले लाइसेन्स वितरण गर्नुपर्छ । लाइसेन्स प्राप्त गरेका व्यवसायीले मात्रै यो कारोबार गर्न पाउने हो भनेमात्र सरकारले यस व्यवसायबाट पूर्णरूपमा राजस्व प्राप्त गर्न सक्छ । यसका लागि हामीले सरकारलाई बारम्बार घचघच्याइरहेका छौं । हामीमात्रै पहिलो त्यस्ता व्यवसायी हौं, जसले सरकारलाई ‘हामीलाई नियन्त्रण गर’ भनिरहेका छौं । यदि सरकारले स्पष्ट नीति बनाई लाइसेन्स वितरण गर्ने हो भने काठमाडौं उपत्यकाबाट मात्रै हामी वार्षिक रू. १२ करोड राजस्व सृजना गर्न सक्छौं ।

अभियानकर्मी मुना कुँवरसँगको कुराकानीमा आधारित

25/04/2014

ईश्वर खरेल अध्यक्ष, घरजग्गा एजेण्ट सङ्घ नेपाल (रिआन) रियल इस्टेटको व्यावसायिक अवस्था अहिले कस्तो छ ? अहिले नेपालको रियल इस्टेट व्यवसायले राम्रो गति लिन सकिरहेको अवस्था छैन । मुलुकको राजनीतिले कुनै दिशा नलिएसम्म यसमा पनि सुधार हुन गाह्रो छ । अहिले पर्याप्त मात्रामा तरलता भएकाले बैङ्कहरूले कर्जामा ब्य…

23/04/2014

ईश्वरप्रसाद खरेल । वास्तवमा नेपालको रियल स्टेट समग्रमा हेर्ने हो भने आजको दिनसम्म धेरै जसो भद्रगोल रुपमा नै चलेको देखिन्छ । अत्याधिक मुद्धा मामला, विविध विवाद, हिंम्सा, द्वन्द लगायत अनेकन वाधा र ब्यवधानहरु हाम्रो समाजमा मात्र नभएर समग्र देशै भरी नराम्ररी जकडिएको अवस्था छ । हुन त यसका लागि राज्य र उस…

Address

Jhamsikhel
Lalitpur

Telephone

9841232306

Alerts

Be the first to know and let us send you an email when GharJam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GharJam:

Share