10/10/2026
चुनाव जितेँ भनेर विजय जुलुस मनाइरहेका कमल बिसीलाईल एक्कासी २ भोटले हारेको खबर आयो !
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा आफूले जितेको ठानेर अबिर, खादा र माला लगाउँदै विजय जुलुसमा सहभागी कमल बिसी ‘मालदाई’ले केही बेरमै हारको खबर सुनेका छन्।
अन्तिम मतपरिणाममा ओबी रायमाझीले मालदाईभन्दा दुई मत बढी ल्याएपछि उनी पराजित भएका हुन्। जितेको ठानेर खुसी मनाइरहेका बिसी हारको खबर सुनेपछि जुलुसबाटै बाहिरिएका थिए।
PC : Laligurash Media