10/04/2026
मखमली फुल ओइलायो भने
तिम्रो जीवनमा अर्कै आयो भने
यो मन कसरी बुझाउँला त्यो दिन
आँशुले नयन भिजाउँला त्यो दिन
तिमी त खुशी हौली पक्कै
मायाको शिखर छौली पक्कै
म भने मृत्यु शैयामा हुँला
आगो लाग्दा पनि न आथु न ऐयामा हुँला
यस्तै सोच्दै मेरो दिन जान्थे
अरुले किन मैले झै मान्थे
धनको पछि लागेर गयौँ
मेरो त केवल मनमा रह्यौँ
एकतर्फी माया किन पो बस्नु
सम्झेर आँसु खै किन पो खस्नु
बुझदिए हुन्थ्यो बुझ्दैन यो मुटुले फेरि
बित्ला र जीवन त्यो तस्बिर हेरी
अर्को जुनी भेट होला नहोला
तड्पेर पागल प्रेमी रोला नरोला
यै जुनि तिम्रो फुलेर जाओस
दुखिलाई आजै भुलेर जाओस
रहेन कुनै अब गुनासो मेरो
खुशी होस् तिम्रो सबै सेरोफेरो
अन्तिम शब्द खुशीले नाच्नु
उहिसँग सदा सुखले बाँच्नु ।