10/03/2024
सम्पूर्ण मा नमस्कार !
हाम्रो गैरे सेवा समाज माछापुच्छ्रे ३ , घाचोक द्वारा बिगत केही समय अघि बाट थालनी भएको गैरे सेवा समाज को सामुदायिक भवन ले मुर्त रूप लिएको छ । बिभीन्न समस्या , अफ़्ठेरो र कठिन परिस्थितिका बाबजुद हिजो भवन उद्घघाटन कार्यक्रम समापन भएको छ । उद्धघाटन कार्यक्रम लाई थप हौसला प्रदान गर्न प्रमुख अतीथीका रूपमा माछापुच्छ्रे गाऊपालिका का अध्यक्ष श्री मिन बहादुर gurung को प्रमुख आतिथ्यमा समापन गरीएको थियो । कार्यक्रम मा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो जस्मा मिजार समाज नेपाल कास्की का अध्यक्ष लगायत बिभिन्न संघ सस्थामा आबद्ध व्यक्तिहरूको उपस्थितिले भवन उद्घघाटनलाई थप हौसला मिलेको थियो । हाम्रो गैरे सेवा समाज लाई समाजमा के कस्ता कार्य गर्न सकीन्छ र भावी समयमा के कस्तो कार्य गरि समाजमा ग़ैरे सेवा समाजको चिनारि स्थापना गर्न सकीन्छ भन्ने उद्देश्य का साथ बिगत केही वर्षा देखी गैरे सेवा समाजमा सम्पूर्ण व्यक्तित्व हरू एक जूट भई लाग्नूभएको थियो जस्को फलस्वरूप एउटा आफ्नै भवन स्थापना गर्न सफल भएको छ ।
उक्त भवन स्थापना ग़र्नको लागी जग्गा दान गरी पुण्य कार्य गर्नुहूने आदरणीय स्वर्गीय दाज़ू शंकर गैरे को पुण्य स्मृतिमा यस गैरे सेवा समाज सामुदायिक भवन निर्माणको लागी (०-४-२-२)चार आना ,दुई पैसा दुई दाम निःशुल्क दान स्वरूप उपलब्ध गराउनूहूने
उहाँको बाबा - नर बहादुर ग़ैरे
आमा -डील कुमारी गैरे
पत्नी - माया गैरे
छोरीहरू क्रमश : रीता गैरे /सृजना गैरे / निशा गैरे
छोरा - राजन गैरे
सम्पूर्ण घर परिवारलाई गैरे सेवा समाजको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं 🙏🙏 🙏
कार्यक्रम भव्य र सभ्य बनाउन यसै गैरे सेवा समाज का वर्तमान सल्लाहाकार दाजू रेशम कुमार गैरे कार्यक्रम संचालन गर्नूभएको थियो ।
अब आगामी दिनहरूमा हाम्रो गैरे सेवा समाजलाई थप हौसला का साथ के कसरी काम गर्ने र आगामी दिनहरूमा कसरी यस सस्थालाई अगाडी बढाउन सकीन्छ र के के कार्यहरू भए भन्ने कुराको सूचना पनी यसै पेज मार्फ़त जानकारी गराईने छ ।
धन्यबाद 🙏🙏🙏
जय गैरे सेवा समाज !