15/03/2025
श्री प्रकाश मणि पौडेल ज्यु,
महामहिम राजदुत
नेपाली दूतावास लिस्वन पोर्चुगल।
सहयोगार्थ सुझाव सम्बन्धमा
हामी बाध्यता, रहर या त अवसर को खोजीकै लागि भौंतारिदै यहाँ सम्म आएका छौँ । ठ्याक्कै यो संख्या कति छ भन्ने थाहा छैन त्यही अनुमान मात्र.. करिव ६०-७० हजारको हाराहारी हौंला। यतिका संख्यामा रहेका नेपाली हरेकका आआफ्नै समस्या,पीडा र संघर्षका कथा छन भलै प्रतिनिधिमुलक कयौं समान होलान् ।यहाँनेर समस्याका थुप्रा, अप्ठ्यारा र सास्तीमा बाँचेका पुराना दिनका बारे यहाँ उल्लेख गरि साध्य छैन।
हो हामी धेरै संख्या अबैध बाटो भएर दुई देशका सरकार सरकार बिच वा सरकार र रोजगार दाता कम्पनी बिचको समन्वय र सम्झौता बिना आएका हौंला अनि यहाँको सरकारले हामिलाई सरण ,रोजगार र कागजपत्र समेत दिइरहेको छ यसमानेमा पनि यो देश कर्म भुमी मात्र नभएर धाईमातृभुमी जस्तै भएको छ। खास हामी आर्थिक उपार्जनका लागि नै आएका हौं। त्यही आर्थिक उपार्जनका निम्ति गर्नै पर्ने विधि गर्दागर्दै यहाँको बसाई अनुमतिपत्र हुँदै पासपोर्ट लिएर मनग्य आम्दानिका लागि तेस्रो मुलुक जाने उद्देश्य बनेको छ। यति कुरा पक्कै थाहा हुनुपर्छ। किन कि नेपाल का कर्मचारी र नेताहरुले नै हामिलाई फरक र निच दृष्टिकोणले हेरेको महसुस गरेका छौं।
✍️ यहाँका कागजात बनाउँदै गर्दा हाम्रो परिचय र पृष्ठभुमि को अद्यावधिक तथा स्थापना का लागि पुनः नेपाली राज्य संयन्त्र र त्यस्का निकायको आवस्यक्ता अभिभावकको रुपमा पनि चाहिने नै रहेछ जुन कुरामा हामिले अझ बढी सास्ती खेपेका छौं।
✍️ धेरै कुरामा सहजीकरण र शुलभताका साथ अभिभावकत्व गरिरहेको बाणिज्य दूतावास हटिसके पछी अझै बढी दुख पायौं जे होस अब राजदुतावास स्थापना हुँदै छ राजदुत ज्यु आइसक्नु भएको छ यसमानेमा हामी सवै लाई बधाई छ र राजदुत ज्यु लाई स्वागत छ।
✍️ राजदुत नियुक्ति गर्दा होला कुनै दलको सरकार थियो तर राजदुत ज्यु नियुक्ति भैसकेपछी पोर्चुगलका लागि नेपालको कुटनैतिक निकाय यहाँका नेपालिका साझा प्रतिनिधित्व हो।
✍️ नेपालमा अनेकौं कर्म गरेका ब्यक्ती यहाँ आएका छौं जो जो आएका छौं आआफ्नै बाध्यताले आएका हौं जे जति बिरासत थियो त्यो नेपालमै छोडिसकेका छौं वा उतै नै राख्नुपर्छ किन कि हामी यहाँ आएसकेपछी यहीँको नियम नीति र कानुनमा चल्नुपर्छ । मतलब हामी स्वाभिमानका हिसावले सवै नेपाली बराबर छौं अभिभावक बाट सोही अनुसारको व्यबहार होस भन्ने चाहान्छौं।
✍️ यहाँ नेपाली दलगत विचार बोकेका संगठनको प्रतिनिधित्व स्विकार्दैनौ तसर्थ हरेक नेपालिको कुरा सुन्ने बाताबरण तयार गर्नुहुन अनुरोध गर्दछौं।
हामी नेपाल सरकारको प्रतिनिधि हाम्रो अभिभावक को रुपमा सहज , सुलभ र प्रभावकारी ढंगमा सेवा लिन आतुर छौं
✍️ कुनै सल्लाह समन्वय र राजदुतावासको कार्ययोजना का लागि आवस्यक बैठक राख्दा यहाँको कानुन अनुसार दर्ता भएका नेपाली मुलका संस्था लाई मात्र बोलाउने र अद्यावधिक गरि स्थान दिनुहुन अनुरोध छ। अन्यथा कामको प्रभावकारिता कम हुने र बिवाद निम्तिने हुन सक्छ।
✍️ युरोपको अन्य देशमा जस्तो आयस्रोत र अवस्था नभएको ले प्रहरिचारित्रीक प्रमाणपत्र देखि अन्य कन्सुलर सेवाका लागि सहि र यहाँको आय अनुसारको शुल्क निर्धारण तथा पहिले देखि फ्रान्स दूतावासको घुम्तिटोली आउँदा लाग्ने गरेको शुल्क लाई हेरफेर गर्न अनुरोध छ।
✍️ आफ्नो मान्छे,चिनेको मान्छे र काम लाग्ने मान्छेको कोटा निर्धारण नगरी सवैलाई समान सेवा प्रबाह हुनुपर्छ ।
✍️ विभिन्न प्रकारका कन्सलटेन्सी, साइवर तथा बिचौलिया मार्फत भए हुने गरेका काम को सिमितता छुट्याइनु पर्छ वा सम्बन्धित ब्यक्ती आउनुपर्ने बाध्यता लाई सकेसम्म कम गर्नु पर्छ।
✍️ एउटा कागजात का लागि दुई दिन तीन दिन लाग्ने टाढा बाट आउजाउ गर्दा बढी खर्च हुने हुँदा त्यस्लाई पनि बुझिदिनु पर्छ। अर्को कुरा हामी परदेश छौं नोकरिका लागि आएका हौं कागजात बनाउनुपर्ने कुरा मा काम गर्ने कम्पनी सँग कुनै सम्बन्ध नहुने हुँदा गरि आएको काम समेत गुम्न सक्ने सम्भावना लाई सम्बोधन पनि गरिनुपर्छ ।
✍️ हामी जहाँ जान्छौं हाम्रा अमुल्य धरोहर धर्म ,भाषा ,कला तथा संस्कार संस्कृति संगै लिएर आएका हुन्छौं हाम्रो खास पहिचान पनि यहि हो यस्लाई संरक्षण ,सम्बर्द्धन र प्रवर्द्धन गर्नु हाम्रो दायित्व हो यस्ता कार्यमा निष्पक्ष अभिभावकिय भुमिकको आशा गर्दछौ।
✍️ हामिले मनाउने विभिन्न पर्व तथा उत्सवहरु मनाउँदा विभिन्न संघ संस्थाले छुट्टाछुट्टै आआफ्नै तवरले मनाउने गर्दै आएकोमा यस्ता गतिविधिले सामुदायिक एकता नदेखिएको हुँदा सकेसम्म पर्व तथा उत्सवको खास दिन पर्ने गरि मनाउन सम्बन्धित सबैको सहभागिता र ऐक्यबद्धता गराउने कार्य होस।
✍️ पोर्चुगल आइसकेपछी विचार, थर,वर्ण र बनावटको आधारमा नेपाली नेपाली बिच हुने आपसी द्वन्द्व, घृणा र कित्ताकाट प्रवृत्ति लाई निरुत्साहित गरि आपसी भाइचारा र बन्धुत्व स्थापित गर्न पहल गरियोस।
✍️ नेपालिले नेपालिलाई लुट्ने,ठग्ने ढाँट्ने गर्ने गरेका समस्या आइरहेकोले त्यस्ता कार्यलाई कम गर्न कानुन र सद्भाव को पहल बाट आवश्यक निराकरण गर्न भुमिका रहोस।
✍️ हामी सबै नेपाली हौं र नेपालको गरिमा र स्वाभिमान उँचो राख्न एक होऔं एकजनाले गरेको राम्रो कामले सवैको छवि राम्रो हुन्छ भने त्यही एक जनाले गरेको नराम्रोले सवैको छवि र स्वाभिमान बिग्रन्छ भन्ने भावना जागृत गरौं।
सुझावक
सहृदयता अन्तरास्ट्रिय पोर्चुगल
परिवार