03/06/2026
अहिले बढ्दो ब्याजदर, हालसालै सरकारले गरेको नेगेटिभ गियरिङ तथा CGT (Capital Gains Tax) सम्बन्धी नीतिगत परिवर्तन, मुद्रास्फीति, साथै मध्यपूर्वमा भइरहेको युद्धजस्ता विभिन्न आर्थिक तथा विश्वव्यापी कारणहरूले गर्दा सम्पत्ति बजारमा क्रमशः मूल्य करेक्सन भइरहेको अवस्था देखिन्छ।
हाल अक्सन क्लियरेन्स रेट कोभिडपछिको अवधिदेखि अहिलेसम्मकै सबैभन्दा न्यून स्तरमा पुगेको छ। यही कारणले गर्दा अहिलेको बजारलाई “Buyers Market” भनेर चिनिन्छ। विशेषगरी First Home Buyers का लागि यो घर खरिद गर्ने उत्कृष्ट अवसर पनि हुन सक्छ।
तर बजारमा प्रवेश गर्दा राम्रो अनुसन्धान, सही मूल्यांकन र पर्याप्त जानकारीसहित अघि बढ्नु अत्यन्त आवश्यक हुन्छ। अक्सनमा सहभागी हुँदा एउटा कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ—तपाईंले आफैंसँग प्रतिस्पर्धा गरेर मूल्य अनावश्यक रूपमा बढाउनु हुँदैन। उदाहरणका लागि, तपाईंले कुनै घरका लागि $1 Million सम्म बिड गर्न सक्नुहुन्छ, तर यदि उक्त प्रोपर्टीको लागि अर्को बिडर नै छैन भने विक्रेताको रिजर्भ मूल्यभन्दा माथि गएर अनावश्यक रूपमा अफर गर्नु आवश्यक हुँदैन। अन्तिम मूल्य वास्तविक बजार प्रतिस्पर्धाले नै निर्धारण गर्छ, विक्रेताको रिजर्भ प्राइसप्रति अनावश्यक चासो लिनु पर्ने अवस्था हुँदैन।
पहिलेको समयमा विक्रेताहरूले धेरै खरिदकर्ताबीच प्रतिस्पर्धा गराएर घरहरू उच्च मूल्यमा बिक्री गर्ने अवस्था थियो। तर अहिले परिस्थिति पूर्ण रूपमा परिवर्तन भएको छ। एउटा घर छुट्यो भने पनि अर्को राम्रो अवसर पाउने सम्भावना धेरै भएकाले खरिदकर्ताहरूले बजारको अनुकूल अवस्थाको पूर्ण फाइदा लिन सक्छन्।
त्यसैले, घर खरिद गर्ने सोचमा हुनुहुन्छ भने बजारलाई राम्ररी बुझेर, विस्तृत अनुसन्धान गरी र सही रणनीतिका साथ अघि बढ्नुहोस्। विशेषगरी मे १२ पछिको बजेट नाइटपछि बजारमा आएको परिवर्तनलाई तपाईंहरूले पछिल्ला दिनहरूमा प्रोपर्टी इन्स्पेक्सन तथा अक्सनमा सहभागी हुँदा स्पष्ट रूपमा अनुभव गरिरहनुभएको हुन सक्छ।
सही निर्णय, धैर्य र राम्रो अनुसन्धानका साथ अघि बढ्नुभयो भने आफ्नो सपनाको घर उचित मूल्यमा प्राप्त गर्ने सम्भावना अहिलेको बजारमा निकै राम्रो देखिन्छ।